नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गुल्मी जिल्ला सेक्रेटरी खिम खड्का लाइ प्रहरिले गिरफ्तार गरेको छ । पार्टी कामको सिलसिलामा बाटोमा हिडिरहेका खड्कालाइ सादा पोशाकमा आएका प्रहरीले गिरफ्तार गरेको नेकपा गुल्मीका इन्चार्ज पुर्ण बहादुर सिंहले जानकारी दिनुभएको छ । उनलाइ रेसुङ्गा नगरपालिका बाट गिरफ्तार गरिएको बताइएको छ । हालै मात्र १४ दिनको हिरासत बसाइ पछि फागुन ७ गते रिहाइ भएका उनलाइ आज गिरफ्तार गरिएको छ ।
सरकारले अभियानको क्रममा जनताका घर बस्तिमा भेटघाट गर्दै हिड्का नेता कार्यकर्तालाइ गिरफ्तार गरेर आफ्नो आयु आफै छोट्याउदै गएको प्रतिक्रिया दिदै सिंहले बिना सर्त रिहाईको माग गरेका छन । यदि नगरे कडा संघर्ष गरिने बताएकाछन।