logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

जनसत्ताले दल्यो दशैको मुखमा अधिकृतलाइ मोसो


  • राजनीति
  • बिहिबार, भाद्र २९ २०७४

नबलपरासि कावासोती मालपोत अधिकृत खगेन्द्रराज घिमिरे लाई नेपाल कम्युनिस्ट पार्टी निकट जिल्ला जनपरिषदले अाज घिमिरेकै कार्यकक्षमा गएर कालो मोसो दलेको छ ।

घिमिरेले सरकारको सेवासुविधा खाई कुर्सीमा बसेर जग्गा रजिष्ट्रेसन पास गर्दा राजश्व छलेर आफ्नो खल्तीमा पार्न पिच बाटोलाई कच्ची र कच्चीलाई बाटो नै नभएको भनी प्रमाणित गरेको, नियतबस पुँजीगत लाभकर कम पारेर राज्यलाई राजश्वमा क्षति पुर्याएर धेरै रकम आफ्नै गोजीमा पारेको तथा मालपोतमा सेवा लिन आउनेसँग काममा अनावश्यक ढिलाई गरी छिटोका लागि घुस खाएकोलगायत आरोप पर्चामा लगाइएको छ । गल्ती स्वीकार गरेर जनतामाझ् माफी माग्नुपर्ने र सम्बन्धित निकायले उनलाई अपराधबमोजिम कडा कारवाही गर्नुपर्ने अन्यथा थप कदम चाल्ने चेतावनी जनपरिषद् नवलपरासीले दिएको छ ।

जनताको ब्यापक गुनासो अाएपछि कार्वाही गरिएको जनपरिषद द्दारा बाडिएको पत्रमा भनिएको छ ।
किन मोसो दलियो त अधिकृत घिमिरेलाई जनपरिषदले ६ वटा कारण सहित लेखेको पर्चा मालपोत कार्यलयमा भेटिएको समचार भर्खर प्राप्त भएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार