राजनीति
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपामा धुर्बिकरणकाे देशैभरी लहर चलिरहेकाे बेला उता सिन्धुलि मा पनि पुरानाे माओवादी केन्द्र र वैद्य माओवादी छाडेर बिप्लवकाे पार्टी कयाैन युवाहरु प्रबेश गरेकाे स्राेतले जनायाे।
फागुन ८ गते भालुभन्ज्याङ १ मा पार्टी ध्रुवीकरण तथा पूर्णकालीन कार्यकर्ता घोसणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मोहन वैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सदस्य तथा गोलन्जर इलाका अध्यक्ष मुक्ति पहाडी, सोही पार्टीको युवा सङ्गठनका संयोजक तथा जिल्ला समिति सदस्य राजीव सुनुवार, प्रचण्ड माओवादी का गोलन्जर गापा ( साबिक डुँडभन्ज्याङ) वाईसीएल अध्यक्ष उदय अछामी, नेकपा ( क्रामा) गोलन्जर गापा १ का युवा सङ्गठनका संयोजक कृष्ण श्रेष्ठ, प्रचण्ड समूहका दुधौली नपा सदस्य भरत खड्का विप्लव नेतृत्वको ने.क.पा. मा प्रवेश गरेका छन ।
त्यसैगरी २०५८ मा घोषित सिन्धुली जनसरकारका प्रमुख मुक्ति पहाडी, जिल्ला सदस्य रमेश चौहान, वडा प्रमुख राजन चौहान पनि नेकपा (क्रान्तिकारी माओवादी) परित्याग गरेर ने. क. पा. मा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश तथा पूर्णकालीन कार्यकर्ता घोषणा कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेका हुन् । मुक्ति पहाडी, राजीव सुनुवार, उदय अछामी, कृष्ण श्रेष्ठ, भरत खड्का र कमला रानालाई पूर्णकालीन कार्यकर्ता घोषणा गरिएको छ । मुक्ति पहाडी २०५६ सालकै पूर्णकालीन कार्यकर्ता हुन् ।
उक्त कार्यक्रमा ने.क.पा. की पीबीएम तथा जनकपुर अभियानकी कमान्डर उमा भुजेल ‘शिलु’ ले नव प्रबेशिहरुलाइ स्वागत गरिन।