राजनीति
विरगंजबाट प्रकाशित हुने उत्थान साप्ताहिकका सम्पादक सुदर्शनराज पाण्डेलाई विरगञ्ज घण्टाघरबाट पर्सा प्रहरीले बिहिबार बिहान ११ बजे पक्राउ गरेको छ । समाचार संकलनार्थ हिँडिरहेको बेला उनलाई विनाकारण पक्राउ गरिएको हो । राताे खबर साप्तािहकका संवाददाता पाण्डेको गिरफ्तारीका विरुद्ध रातोखबर साप्ताहिकले रिहाइको माग गरेको छ ।
गौर हत्याकाण्डका सहिद विपिन पाण्डेका पितासमेत रहनुभएका पाण्डे विरगञ्जका पाका स्थापित पत्रकार हुन् । समाचार सम्प्रेषण गरेकै भरमा पत्रकारलाई थुनछेक गर्नुले राज्य चुनावको नाममा निरंकुशता तर्फ उद्दत भएको आरोप जारी विज्ञप्तिमा लगाइएको छ ।