बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरण पुन ले दुरसञ्चार प्रदायक कम्पनी एनसेललाई नेपालबाटै लखेट्नुपर्ने बताएका छन् । पार्टी ले चलाइरहेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ का क्रममा रुकुमको त्रिवेणी गाउँपालिका १ रुघामा भएको जनसभालाई सम्बोधन गर्दै उनले एनसेलले राज्यलाई तिर्नुपर्ने अर्बाैको कर नतिरेको भन्दै उसलाई देशबाटै लखेट्नु पर्ने बताएका हुन् ।
दलाल निगम पुँजीवादी हावि हुने र जनतालाई लुटने गरेकाे भन्दै पुनले भने ‘एनसेल बिदेशी कम्पनी हो, अरबौँ पैसा राजस्व नतिरेर नेपाली जनतालाई लुटिरहेको छ ।’ सरकारी स्वामित्वको नेपाल टेलिकमलाई डुबाएर एनसेल चम्कीएको बताउदै पुनले नेपाल टेलिकमलाई नै व्यवस्थित बनाउनुपर्ने विचार ब्यक्त गरेका छन् । उनले भने–‘केहि दलाल नेताहरुले एनसेलको पक्षपोषण गरिरहेका छन, उनिहरुले एनसेलबाट कमिसन खाएर बचाउ गरिरहेका छन् ।’
अदालतले फैसला गरेको कानुनलाई सरकारले कार्यान्वयन नगरेको भन्दै उनले सरकार भित्र ठुलो कमिसनको खेल भएको बताएका छन् । जनसभालाई नेकपाका केन्द्रीय सदस्य तथा रुकुम जिल्ला इन्चार्ज अटलले पनि सम्बोधन गरेका थिए । त्रिवेणी गाउँ समिति सेक्रेटरी छविलाल घर्तिले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता रुकुमका पुराना वामपन्थी नेता बाल कृष्णले गरेका थिए । कार्यक्रममा जलजला साँस्कृतिक परिवारले कार्यक्रम प्रस्तुत गरेको थियो ।
यतिबेला बिप्लव नेतृत्वको नेकपा ले देशैभरी अभियान चलाइरहेकाे छ।