बिप्लव नेतृत्वको नेकपा का नेताहरुलाइ गिरफ्तार गर्ने स्पष्ट आदेश नभएकाले उनिहरुमाथी कार्वाही गर्न नसकेकाे प्रहरी स्राेतले दावी गर्दै आएको छ । विभिन्न भागमा बम पड्काउदै शसस्त्र गतिविधि उन्मुख भएकाे भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नभएको सुरक्षा अधिकारीहरु बताउछन । अहिले उनिहरु गृह मन्त्रालयलाई सूचना बुझाउँदै फर्कंदै गरेका बताइएको छ । ललितपुर बम विस्फोटपछि आलोचित सुरक्षा संयन्त्रले आफ्ना जासुस परिचालन गरी विप्लवलगायत सो दलका अन्य नेता रहेका स्थानबारे सूचना संकलन गर्नेमा लागेको बुझिन्छ ।
सुरक्षा निकायमा संकलित सूचना प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा बुझाएर आदेशको पर्खाइमा छ। ‘माथिल्ला तहका नेताहरु कहाँकहाँ छन् भनेर हामीले दैनिक सूचना बुझाएका छौं, आदेश आयो भने हामी तयारीमा छौं’, उच्च सुरक्षा स्रोतले भन्यो ।
स्रोतका अनुसार विप्लव समूहका प्रायः सबै नेता देशका विभिन्न भागमा घुमिरहेका छन् । देशव्यापी रुपमा संगठन निर्माण र आवश्यक रणनीति तयार गर्न विप्लव, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली, अनिल शर्मा र उमा भुजेलको भने भेटघाट भइरहने सुरक्षा स्रोतको दाबी छ ।