logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

अध्यक्ष चन्दकाे रिहाइको माग गर्दै संघर्षका कार्यक्रम सार्वजनिक


  • न्युज डेस्क
  • मंगलबार, फाल्गुन २१ २०७५

अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) ले संगठनका अध्यक्ष बन्धु चन्दकाे रिहाइकाे माग गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेकाे छ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई प्रहरीले अछाम काे  पुन्नीतलाबाट प्रहरीले गत शनिबार गिरफ्तार गरेकाे थियाे।नेतृ बन्धु नेकपाले सञ्चालन गरेको  अभियान मा पश्चिम नेपालकाे भुगाेलमा छिन् पार्टी ले संन्चालन गरेकाेे अभियान का क्रममा अछाम पुगेकि नेतृ चन्दलाइ आज दिउसाे गिरफ्तार गरेकाे बताइएको छ। गत माघ १ गते देखि सुरु गरेको संगठन सुदृढीकरण तथा विस्तार अभियान २ को प्रमुख समेत रहेकी थिइन।

आफ्नाे संगठन काे अध्यक्षलाई बिना सर्त रिहाइको माग गर्दै पहिलो चरणका कार्यक्रम सार्वजनिक गरेकाे संगठनका केन्द्रीय सदस्य पुर्णिामा धामिले जानकारी दिइन् । उनका अनुसार झुठा  मुद्दा खारेज र बिना सर्त रिहाइको माग गर्दछौ संघर्षका कार्यक्रम घोषणा गरिए हाे ।

संघर्षका कार्यक्रम 

२०७५ फागुन २२ गते देशभरका जिल्ला प्रशासन कर्यलयमा ज्ञापन पत्र
२०७५ फागुन २३ गते देसै भरि कोण सभा
२०७५ फागुन २४ गते देसै भरि भन्डाफोर सभा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार