logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बिप्लव ले हिंसात्मक गतिविधि नछाेडे सरकारले कार्वाही सुरु गर्छ : प्रधानमन्त्री


  • न्युज डेस्क
  • मंगलबार, फाल्गुन २१ २०७५

सत्तारूढ दल नेकपा का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ले मङ्गलवार इलाम र झापाको सिमाना सुखानीमा आयोजित स्मृति सभामा बोल्दै उनले हिंसात्मक गतिविधि गर्नेलाई वामपन्थीकै सरकार भए पनि नछोडिने बताए।विस्फोट गराएर मान्छे मार्ने गतिविधि गर्नेलाई राजनीतिक दल भन्न नमिल्ने उनले टिप्पणी गरे।

आक्रामक शैलीमा ओलीले भने, “कम्युनिस्ट पार्टीको नाम लिएर लुटमार गर्ने काम बन्द गर्नूस्। होइन भने जनताको सरकार छ, शान्ति सुव्यवस्था र अमनचयन कायम गर्नका लागि नियन्त्रण गर्नुपर्ने हुन्छ।”

हिंसात्मक गतिविधि गर्ने वामपन्थी नै भए पनि वामपन्थी सरकारले नछोड्ने सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका ओलीको भनाइ थियो।लुकेर चन्दा उठाउन तथा लुटमार गर्ने काम बन्द गर्न उक्त पार्टीलाई उनले चेतावनी दिए।

त्यस्ता काम गर्नेलाई वामपन्थी भन्न नसकिने बताउँदै ओलीले भने, “केही विस्फोट गराएर, केही मान्छे मारेर, चन्दा उठाउने धन्दा गर्छ भने त्यसलाई पार्टी भनिँदैन। त्यसलाई छुट दिन सकिँदैन।”

यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उक्त पार्टीलाई सच्चिन भनेका थिए ।

तत्कालीन माओवादीका हराएका हतियार चन्द नेतृत्वको पार्टीसँग छन् कि भन्ने जिज्ञासामा प्रचण्डले त्यसको जिम्मा आफूहरूले लिन नसक्ने पनि बताएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार