logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

थवाङ्ग गाउपालिका अध्यक्ष अपहरित

प्रचण्ड जाने अघिल्लो दिन अध्यक्ष बेपत्ता


  • राजनीति
  • शुक्रबार, भाद्र ३० २०७४

रोल्पा । थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । रोल्पाको थवाङ २ स्थित ससुराली घरबाट उनलाई बिहीबार राती अज्ञात समूहले अपहरण गरेको हो ।
सुतिरहेको बेला करिब २ बजे उनको अपहरण भएको प्रहरीले पनि पुष्टी गरेको छ । रोल्पाका डिएसपी वीरेन्द्र थापाले घटनाको पुष्टि गर्दै घर्तीको खोजी कार्य जारी रहेको बताए ।
वियोग उपनामले चिनिने घर्ती माओवादी केन्द्रका स्थानीय नेता हुन् । शनिबार आयोजित थवाङमा गाउँसभाको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउने कार्यक्रम छ ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा उवा घर भएका घर्ती थवाङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार