बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विनाकारण आफ्ना नेताकार्यकर्ताहरुलाई धरपकड, दमन र शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप भइरहेको भन्दै त्यसको बदला स्वरुप स्थानीय जनप्रतिनिधिको गाडी ध्वस्त बनाएको छ ।
प्रहरीले पछिल्लो क्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुलाई रोल्पा, दाङ लगायत देशैभरबाट गिरफ्तार गर्ने, कार्यक्रम गर्न नदिने हस्तक्षेप गर्ने, नेता कार्यकर्ताहरुको घरघरमा खानतलासी र गर्ने, कार्यक्रम गर्न नदिने हस्तक्षेप गर्ने, नेता कार्यकर्ताहरुको घरघरमा खानतलासी गर्ने लगायतका व्यापाक दमन बढाइरहेको भन्दै तत्काल गिरफ्तारहरुको रिहाइ र दमनको अन्त्य नगरिएको भन्दै गएराती गंगादेव गाउपालिकाको अध्यक्ष विर बहादुर केसी र त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तराज वलीको गाडीमा आगाे लगाएर ध्वस्त बनाइ दिएको खबर प्राप्त भएको छ ।
यसअघि विज्ञप्तीमार्फत गिरफ्तार नेताकार्यकर्ताहरुको रिहाइ र दमनको अन्त्य नगरिए जस्तोसुकै संघर्ष गर्न बाध्य हुने त्यो सम्पूर्ण परिस्थितिको जिम्मेवार गिरफ्तार गर्ने, धरपकड गर्ने निकाय नै हुने जनाइसकेको छ । यो कार्य नरोकिदा सम्म जस्तो सुकै संघर्षका कार्यक्रम गर्ने घोषणा गरिसकेको छ ।