logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

भोली विप्लवको बन्द अबज्ञा नगर्न अपिल


  • न्युज डेस्क
  • बुधबार, फाल्गुन २२ २०७५

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ले भाेलि अर्थात २३गते राप्ती बन्दकाे घाेषणा गरेेकाेे छ।

नेकपा का केन्द्रीय सदस्य तथा राप्ती ब्युराे इन्चार्ज सुवासले एक बिज्ञप्ती जारी गर्दै शान्तिपूर्ण कार्यक्रम भइरहेको समयमा दलाल सरकारको निर्देशनमा बिनाकारण प्रहरीले निर्दोष नेता कार्यकर्ता लाई गिरफ्तार गरि झुठा मुद्दा लगाउन खोजेकाले निर्दोष भन्दै  नेता ,कार्यकर्ता रिहाइको माग गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी राप्ती व्यूरो द्वारा भोलि फागुन २३ गते राप्ती बन्दको आयाेजनाा गरेेको छ।

सासंद रेशम चौधरीलाइ जन्म कैदको फैसला
केहि समय अगाडी मात्र संसदको सपथ लिएका संसद रेशम चौधरीलाइ जिल्ला अदालत कैलालीले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।

लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् ।

मधेसी-थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो ।

कास्की रुपा गाउपालिकाका हतियार सहित प्रकाउ परेका गुरुङहरु कोको हुन हेर्नुस

पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा अवैध हतियारसहित ४ जनालाई पक्राउ गरेको छ ।कास्कीबाट प्रहरीले उनीहरुबाट दुई थान १२ बोर राईफल र तीन थान भरुवा बन्दुक हतियार सहित नियन्त्रणमा लिएको हो ।

रुपा गाउँपालिका वडा नम्बर ७ तालवेसी तथा सौर्यवासका विभिन्न स्थानहरूमा अवैध रूपमा हातहतियार राखेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ । प्र
पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका ७ घर भई हाल पोखरा महानगरपालिका ३० शिशुवा बस्ने वर्ष ५५ को नारायण बहादुर गुरुङ, तालबेशी बस्ने वर्ष ४८ का डिल बहादुर गुरुङ, रुपा ७ तिलखोरिया बस्ने वर्ष ४५ का सुरेश गुरुङ र वर्ष ५४ का मन बहादुर थापा मगर छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार