logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवले राज्यलाई कमजोर पारिराख्ने सामर्थ्य राख्छ्न : डा. बाबुराम भट्टराई


  • राजनीति
  • बुधबार, फाल्गुन २२ २०७५

पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लवको पार्टीको क्रियाकलापलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा उनले विप्लवको पार्टीले रक्तपात गरेर राज्यलाई कमजोर पारिराख्ने सामर्थ्य राख्ने भन्दै बेलैमा त्यसतर्फ सचेत हुन आग्रह गरेका हुन् । विप्लवमा भर्भराउँदो युवाहरु लागेको देख्दा चिन्ता लागेको भन्दै भट्टराईले विकास समृद्धि र सुशासन दिन नसकेमा फेरि आन्दोलनको ज्वाला उठ्न सक्ने बताए ।

‘विप्लवमा भर्भराउँदो खालको युवाहरु खटेको देख्दा बढो चिन्ता लागेर आयो । उनीहरु अत्यन्तै गम्भीर ढंगले लागेका छन्,’ उनले भने, ‘यदि हामीले ठीक ढंगले बेलैमा विकास र समृद्धिको सपना पूरा गर्न सकेनौं र हामीले जनतालाई सुशासन दिन सकेनौं भने त्यो ज्वाला फेरि फर्केर आउने खतरा देख्छु ।’

विप्लवको बाटो ठीक छैन भन्नेमा कुनै भ्रम नभए पनि उनीहरुले राज्य कमजोर पार्न सक्ने बताए । ‘त्यो बाटो ठीक छैन । अहिलेको दिनमा त्यसले कहिँ पनि र्पुयाउँदैन । त्यसमा मलाई कुनै पनि भ्रम छैन’ भट्टराईले भने ‘तर उनीहरुले ब्लिडिङ गरेर यो राज्यलाई कमजोर पारिराख्ने सामर्थ्य राख्छन् ।’

भट्टराईले विप्लव सँगै तराई मधेसमा असन्तुष्ट समूहले पृथकतावादी कुरा लिइरहेको भन्दै त्यसलाई हल गर्न सरकारले बेलैमा सचेत हुनुपर्ने बताए । साथै भट्टराईले सशस्त्र द्वन्द्वकालीन घटनाहरु ‘क्षमा गर र भूल’ भन्ने नीति अपनाउनुपर्ने बताएका छन् । यदि कसैलाई दण्डित नगरी नहुने भए आफूलाई दण्डित गर्न चुनौती दिए । भट्टराईले सत्यनिरुपण र मेलमिलाप तथा बेपत्ता आयोगले फर्गिभ एण्ड फर्गेट अर्थात ‘क्षमा गर र भूल’ को आधारमा काम गर्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार