राजनीति
काठमाडौं -गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र चिनियाँ राजदूत हाउ याङगीबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।बादलले एक चीन नीतिप्रति नेपालको अडान रहेको दोहोर्याएका छन् ।
थापाले विश्व शान्ति र स्थितताका लागि चिनले खेलेको भूमिकाको प्रशंसा गरे । भेटमा राजदूत याङगीले चिनका सार्वजनिक सुरक्षा मन्त्रीले गृहमन्त्री थापालाई चिनको औपचारिक भ्रमणको निमन्त्रणा गरेको जानकारी दिइन्।
राजदूत याङगीले चिन विरोधि गतिविधी हुन नदिन नेपालले लिएको कदमको प्रशंसा गरेकी छिन् । उनले आगामी दिनमा नेपाल-चिन सम्बन्धलाई मजबुत पार्न मिलेर काम गर्ने बताइन् ।