logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

रोल न: ११ अर्थात करिष्मा मानन्धर


  • राजनीति
  • शुक्रबार, भाद्र ३० २०७४

नेपाली चलचित्रकी चर्चित नायिका करिश्मा मानन्धरले मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा पढ्‍न थालेकी छन्।

ग्‍यालेक्सी पब्लिक स्कुलबाट कक्षा आठ पास गरेकी नायिका मानन्धर मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएकी हुन। सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सञ्‍चारकर्कीसँग कुरा गर्दै उनले भनिन्,’ म पुन: नियमित अध्‍ययनमा लागेकी छु। नियमित कक्षामा जान त सक्दिन्।तर अध्‍ययन भने त्रिवेणीमा गर्न थालेकी छु। उनले आफूलाई पढ्नको लागि पार्टीले समेत उत्प्रेरित गरेको बताइन्। कक्षा नौ मा अध्ययनरत मानन्धरको क्लास रोल न भने ११ रहेको छ ।

पार्टी संयोजक बाबुराम भट्टराईले बाँचुञ्‍जेल अध्ययनशील हुनुपर्ने बताएपछि अध्‍ययनमा लागेको उनको भनाई छ।उनी नयाँ शक्ति पार्टीको सांस्कृतिक विभागकी प्रमुख पनि हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार