बिप्लव नेतृत्वकाे नेकपा का स्थायी सदस्य तथा मध्यकमाण्ड इन्चार्ज हेमन्त ओली सुदर्शन ले रविजकाे टाेकाइ झै नेकपाका नेता कार्यकर्ता माथि नगर्न चेतावनि दिएका छन्।
बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै स्थायी समिति सदस्य सुदर्शन ले भनेका छन् ‘यतिबेला सामाजिक फासिवादको अभ्यासमा व्यस्त हुन थालेको केपी–पीके सरकार बहुराष्ट्रिय निगमको दलालीमा अझ राम्रोसँग लागेको छ । रेबिज सल्केझैँ बेहिसाब झम्टन थालेको छ । उसको बेहोस झम्टाइमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता र जनता पर्न थालेका छन् । पीके दाहाल र रामबहादुर थापाले हिजो जनयुद्धको प्रक्रियामा यी नेता, कार्यकर्ता र जनताले तत्कालीन सरकारको रेबिजग्रस्त झम्टाइबाट बचाएको भुसुक्कै बिर्सेका छन्।
बिज्ञप्तीमा भनिएको छ यो रेबिजग्रस्त झम्टाइमा यही फागुन २१ गते अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष राजु कार्की र फागुन २२ गते पूर्वविद्यार्थी नेता केदार खतिवडा पर्नुभएको छ । उहाँहरू दुवैजनालगायत देशैभर गिरफ्तार पर्नुभएका नेता तथा कार्यकर्ताको शीघ्र रिहाइका लागि जोडदार आवाज उठाउँदै नागरिक समाज, मानवअधिकारवादी सङ्घसंस्था, क्रान्तिकारी राजनीतिक पार्टीहरू र मुख्यतः आदरणीय न्यायप्रेमी जनताको ध्यानाकर्षण गर्न चाहन्छौँ ।’
मंगलबार किसान संगठन का केन्द्रीय अध्यक्ष राजु कार्कि र बुधबार ब्युराे सदस्य केदार खतिवडालाई प्रहरीले गिरफ्तार गरेकाे थियाे ।
यस्तो छ बिज्ञप्ती
