logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवका कार्यकर्ता माथी गोलि प्रहार अस्पतालमा उपचार हुदै


  • राजनीति
  • बिहिबार, फाल्गुन २३ २०७५

प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका ९ मा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता दुर्गा बहादुर रोका घाइते भएका छन् । रोकाको शिवराज नगरपालिका वडा नं. ९ तुरुन्तपुर स्थित घरमा प्रहरीले छापा मारेको लगतै उनि माथी गोलि प्रहार भएको बताइएको छ । यद्यपि प्रहरीले भने उनि भाग्दै गरेको कारण नियन्त्रणमा लिन त्यसो गरिएको बताएको छ ।  रोका उपर प्रहरीले गोली प्रहार गरेपछि उनी घाइते भएका हुन् ।

खुट्टामा गोली लागेका रोकालाई उपचारको लागि अंचल अस्पताल बुटवल लगिएको प्रहरीले जानकारी दिएको छ ।

एभिन्युज बाट

सल्यानमा दुइ बटा गाडी तोडफोड बन्दको अवज्ञा नगर्न चेतावनी

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको राप्ती ब्युराेकाे बन्दको बन्दकाे अबज्ञा गरेकाे भन्दै दुई वटा गाडीमा आगजनी र ताेडफाेड गरेकाे छ ।

बन्दको अबज्ञा गरेको भन्दै सल्यान ट्रक र बोलेरो जीप तोडफोड गरेेेेकाे प्रहरीले जनाएको छ।

क्रममा सवारी चलाएको भन्दै सल्यखोलामा दुवै गाडी तोडफोड गरिएको छ । श्रीनगरबाट दाङ जाँदै गरेको ना ४ ख ६३६८ ट्रक र लु २ ख २७२५नम्बरको बलेरो जीपमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

बन्दका कारण राप्तीका ५ वटा जिल्ला राेल्पा , रुकुम ,दाङ, सल्यान र प्युठान मा लामाे तथा छोटो दुरीका सार्वजनिक सवारी साधन बन्द रहेका छन् भने सवारीसाधन, शैक्षिकसंस्था, पसल, कलकारखाना ठप्प छन् ।

विप्लवको गाउमा प्रहरीले छापा, स्थानिय द्धारा प्रतिकार

नेकपा महासचिव नेत्र बिक्रम चन्दको गाउ कपिलवस्तुको शिवराज नगरपालिका-९ शिवगढीमा प्रहरी र स्थानीयबीच तनाव सिर्जना भएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ को घर समेत रहेको शिवगढीमा प्रहरीले सर्च अपरेसन गरेपछि स्थानीय र प्रहरीबीच तनाव सिर्जना भएको हो।

प्रहरीको विशेष टोलीले बिहीबार बिहान यादव चन्दको घरमा शर्च अपरेसन गरेको थियो। यादव चन्द विप्लवका भतिजा हुन्। प्रहरीले सर्च अपरेशन गर्दै गर्दा स्थानीयबासी प्रतिकारमा दुईजना प्रहरी सामान्य घाइते भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार