राजनीति
प् डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली माफियाको वफादार भएको बताएका छन्। डा केसीले आज ७ बुँदे माग राख्दै स्वास्थ्य र शिक्षा क्षेत्रका समस्या समाधान गर्नुको साटो प्रधानमन्त्री ओली र उनी नेतृत्वको सरकार माफिया, दलाल र भ्रष्टहरुको वफादार बनेको आरोप लगाएका हुन् । मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन, विपन्न नागरिकले सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारका लागि आफू संघर्षमै रहेको बताउँदै यसलाई निरन्तरता दिने पनि उल्लेख गरेका छन् ।
आफूले इलाममा १६ औँ अनशनका क्रममा उठाएको द्वन्द्वकालिन मुद्दालाई पुनः उठाएका छन् । डा. केसीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग पुनर्गठन गर्नु पर्ने पनि माग गरेका छन् । उनले पीडितहरुको विश्वास जितेका विज्ञहरुलाई नियुक्त गर्ने, तिनको कार्य सम्पादनलाई इमान्दारीसाथ सहयोग गर्ने र सिफारिस कार्यान्वयन नगरिए पीडितहरुसँग न्यायका लागि अन्तर्रा्ष्ट्रिय अदालतमा जाने चेतावनी दिएका छन्।