राजनीति
गए राती अपहरित भएका भनिएका रोल्पा थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’ लाई नेकपाले छलफलको लागि बोलाएको र समझदारीमै छलफलमा रहेको नेकपा रोल्पा सेक्रेटरी जागृतिले बताएका छन् ।
थवाङमा जनसरकार क्रियाशील रहेको र जनसरकारको अनुमति विना प्रचण्ड–महरालाई थवाङ बोलाएको तथा पुरानो सत्ताको जनपरिषद्को अधिवेशन राखेको कारण आवश्यक छलफल गर्नुपर्ने भएकोले ‘वियोग’ लाई बोलाइएको जागृतिले जानकारी दिएका छन । भोली मात्र प्रचण्ड र महरा प्रथम गाउ अधिवेशनका लागी थावाङ्ग आउने कार्यक्रम तय भएको थियो ।