राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको महिला संगठनले आयोजना गरेको कार्यक्रम प्रहरीले हस्तक्षेप गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेको स्थानमा हस्तक्षेप गरी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उत्तम, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी नवीन बिष्टलगायत ६ जनालाई गिरफ्तार गरेको छ ।
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) केन्द्रीय समितिले रत्नपार्क शान्त्विाटिकामा शुक्रबार मध्याह्न आयोजना गरेको १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा अतिथिका रुपमा सहभागी हुँदै गर्दा प्रहरीले नेकपाका नेता उत्तम, नवीन बिष्टलगायतलाई गिरफ्तार गरेको हो ।
सरकारले संविधानप्रदत्त खुला कार्यक्रम गर्न र सहभागी हुन पाउने अधिकारबाट समेत नागरिकलाई वञ्चित गरेको भन्दै नेकपाले विरोध गरेको छ ।