पोखरा-विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेता कार्यकर्तामाथि दमन, गिरफ्तारी, झुठा मुद्दा र यातना दिएको साथै नागरिकमाथि चरम अत्याचार र अन्याय थोपरेको भन्दै विरोधमा फागुन ३० नेपाल बन्दको आयोजना गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लबले आज बिज्ञप्ती जारी गर्दै बन्दको घोषणा गरेको हो ।
विप्लव निकट एक केन्द्रीय नेताले राजनिती डटकमलाई जानकारी दिदै ३० गते नेपल बन्द घोषणा गरिएको बताएका छन । केही समयमा नै विप्लव द्दार हस्तारित बिज्ञ्पती आउने समेत बताए।
प्रदेश सासंद मल्ल विप्लव नेकपाको नियन्त्रणमा
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बझाङकी प्रदेश सभा सांसद देवकी मल्ललाई नियन्त्रणमा लिएको जनाएको । सासंद मल्ललाई शुक्रबार बिहान ११ बजे बझाङको केदारस्युँ गाउँपालिकाबाट प्रदेश सांसद नियन्त्रणमा लिएको दावी छ ।
मार्च २१ नारी दिवसको अवसरमा बुंगल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि जाँदै गर्दा सांसद् मल्ल अपहरण परेकी हुन् ।
बझाङका प्रमुख जिल्ला अधिकारी सूर्य सुनारले सांसद मल्ल अपहरणमा परेको जानकारी आएको र बुझ्ने काम भइरहेको बताए।
सुदूरपश्चिम प्रदेश प्रहरीको उच्च स्रोतका अनुसार सांसद मल्ल अपहरणमा परेको जानकारी पाउनासाथ प्रहरी टोली परिचालन गरिएको छ । प्रदेश सभा निर्वाचनमा बझाङ ख बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकउनका नातेदारका अनुसार आफु कार्यक्रममा हिडिरहेको बेला सरप्राइज दिएको सात नं प्रदेश सांसद देबकी मल्ले बताएकी छन ।
सासंद मल्लले १५ र २० जनाको अपरिचित समुह आएर छलफल गर्नु छ भनेर गिरफतार गरेको बताएकी हुन । उनले भरेसम्मा छोडने समेत जानकारी दिएकी छन ।
सत्तारूढ दल नेकपा बझाङका बाट प्रदेश सासद रहेकी देवकी मल्ललाई नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । बझाङको बिजगडाबाट विप्लव नेतृत्वको नेकपा का कार्यकर्ताले नियन्त्रण लिएको एक जना नेताले सामाजिक संजालमा स्टाटस अपलोड गरेका छन।
अखिल नेपाल महिला संघकी क्रान्तिकारी कि केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई गिरफ्तार गरिएको निर्मला पन्तको न्याय लगायतका बिषयमा सरकारले देखाएको ब्यवहारका बिरूद्ध गिरफ्तार गरिएको नेकपा बझाङले बताएको छ ।
कार्यक्रममा हिडिरहेकाे बेला १५ / २० जनाको अपरिचित मान्छेहरुले आएर छलफल गर्नु छ भनेर लगेको पारिवारिक स्राेत ले जनाएकोछ।