राजनीति
सत्तारुढ दल (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण निर्णय क्षमता देखाएको भन्दै सीके राउतको प्रशंसा गरेका छन् । सरकारसँग ११ बुँदे सहमति गरेर राउतले असाधारण निर्णय क्षमता देखाएको उनले बताएका हुन । हिजो राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै उक्त धारणा राखेकाहुन ।
जनयुद्ध बाट शान्ति प्रक्रियामा आउदा १२ बुद्धे सम्झौता गरेका प्रचण्ड र राजनीतिक सहमतिको ब्यानरमा ११ बुद्दे सहमति गर्ने राउत बिचमा समानता पाएको भन्दै ओलि ले भने “यस्तो असाधारण निर्णय क्षमता यसअघि पुष्पकमल दाहाल प्रचण्डमा मात्र देखे” प्रचण्डले हतियारको राजनीतिबाट चुनावमा सहभागी भएर संविधान बनाउने कामको एक ढंगले अगुवाइ गरी त्यसपछि एमाले र माओवादीबीच एकता गर्नु ठूलो निर्णय क्षमता भएको ओलीले बताए । ‘जो सुकैले, सानो हिम्मतकोले सक्दैन । सीके राउतजीमा पनि असाधारण निर्णय क्षमता देखेँ’ उनले भने ।
सीके राउत पढेलेखेको विद्वान र वैज्ञानिक रहेको भन्दै ओलीले कता कता बाटो बिराउँदा बिराउँदै बिग्रने हो कि भन्ने डर आफूलाई रहेको बताए । ‘तर खुशी लाग्यो । टेक्नोक्र्याट मात्र होइन थिंकर पनि हो सीके राउत ।’