logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

राउत सग जनमत संग्रहमा जाने सहमति गर्नु उल्टो यात्रा हो : जनार्दन शर्मा


  • राजनीति
  • शनिबार, फाल्गुन २५ २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रदेश ईञ्जार्च एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सरकारले सिके राउतसँग जनमत संग्रह गर्ने भनी गरेको सहमतिको विरोध गरेका छन्।

सघिय सरकारले शुक्रबार दिउँसो मधेशलाई नेपालबाट अलग गर्ने अभियान चलाइरहेका सिके राउतसँग ११ बुंदे सहमति गरेको थियो। सहमतिपत्रमा सिके राउत र सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हस्ताक्षर गरेका छन्।

सहमतिको २ नम्वर बुंदालाई लिएर नेपाली राजनीति तरङ्गित भइरहेको छ। सहमतिको २ नम्वर बुंदामा ‘राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्य प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढ्नुपर्छ भन्नेमा हामी दृढ छौं। नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई मधेश लगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिहरुलाई जन अभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं’ भन्ने उल्लेख छ।

उक्त सहमतिलाई सरकारले सिके राउत आवधिक निर्वाचनमा आउन तयार भएको अर्थ लगाइरहेका छन्। तर, सिके राउत स्वयमले सरकारले मधेशलाई नेपालबाट अलग गर्ने वा नगर्ने भन्ने विषयमा जनमत संग्रह गर्न तयार भएको दावी गरेका छन्। ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ भन्ने शब्दावलीको स्पष्ट राजनीतिक अर्थ नहुँदा यसले थप अन्यौल निम्त्याएको छ।

नेकपाका नेता शर्माले उक्त बुंदालाई लक्षित गर्दै जनमत संग्रहको विरोध गरेका हुन्। शर्माले लेखेका छन्, ‘संविधान कार्यान्वयन गर्नुको सट्टा जनमत संग्रहको कुरा गर्नु ‘कासी जान कुतिको यात्रा तय गर्नु’जस्तै हो।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार