राजनीति
विप्लव बिरुद्ध देशदाैडाहमा रहेका गृहमन्त्री राम बहादुर थापा बादलले अब विप्लवलाइ कसैले बचाउन नसक्ने चेतावनी दिएका छन्। शनिबार कर्णाली प्रदेशका सुरक्षा प्रमुखहरुसगकाे छलफलका क्रममा उक्त कुरा बताएका हुन्।थापाले विरोधी गतिविधि गरिरहेको नेपाल कम्युनिष्ट पार्टी विप्लव माथि सरकार कठोर रुपमा प्रस्तुत हुने बताएका छन् । उनले विप्लवको गतिविधि धेरै दिनसम्म नचल्ने दाबी गरेका हुन् ।निरन्तर वार्तामा बसेर मुलधारको राजनीतिमा आउन अपिल गरिरहे पनि आतंकवादी गतिविधि नरोकेकोले अब विप्लवमाथि सरकार कठोर रुपमा प्रस्तुत हुने बताए ।पछिल्लो समय विप्लवको गतिवधि बढिरहेको अवस्थामा सरकारले जसरी पनि नियन्त्रणमा ल्याउने दाबी गरे । ‘स्थानीय तहमा धम्की दिने, चन्दा माग्ने गरेको सूचना पाएका छौं, उनले भने, ‘हामी सुरक्षाका लागि जिम्मेवार छौं, उनीहरुबाट नडराउनुहोस् । छिट्टै हाम्रो नियन्त्रणमा आउनेछन् । विगतमा कुनै विशेष तत्त्वले संरक्षण गरे पनि अब कसैले संरक्षण गर्न नसक्ने उल्लेख भन्दै विप्लव बिरुद्ध सरकारले कुनै कसुर बाकि नराख्ने जिकिर गरे।