राजनीति
थवाङ्ग गाउ पाउलिका अध्यक्ष बिर बहदुर घर्तीको खोजीका लागि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । तर, शुक्रबार बेलुकी सात बजेसम्म घर्ती फेला परेका छैनन् ।
प्रदेश नम्बर पाँचका प्रहरी प्रमुख मिङमार लामाले अनलाइनखबरसँग भने, ‘चारैतिरबाट जनशक्ति परिचालन गरिएको छ, हामी खोजी गरिरहेका छौं ।’
काठमाडौंबाट शुक्रबार दिउँसो उच्च प्रहरी अधिकारीसहितको टोली रोल्पा गएको छ । राप्ती अञ्चल प्रमुख एससपी दिलिपकुमार चौधरी नेतृत्वको एक टोली पनि रोल्पा पठाइएको छ । सदरमुकाम लिवाङ, घर्तीगाउँ लगायत स्थानबाट पनि घर्तीको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।