logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

संसदमा भिम रावल र महेश बस्नेतकाे दाेहाेरी : ११ बुदे सहमतिले डलरवादी र सेलिब्रेटी राष्टवादी नेताहरुलाइ ज्वराे आएकाे छ : नेता बस्नेत


  • राजनीति
  • आइतबार, फाल्गुन २६ २०७५

सत्तारूढ दलका नेता तथा सासंद महेश बस्नेतले भिम रावलले डलरवादी राष्टवादकाे दाेल ओढेकाे आराेप लगाएकाा छन् ।सांसद  बस्नेतले सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच भएको ११ बुँदे सहमतिपछि सेलिब्रेटी नेताहरुलाई ज्वरो आएको बताएकाेे भन्दै  उक्त सम्झौतालाई सरकार तत्कालिन माओवादीबीच भएको शान्ति सम्झौतापछिको महत्वपूर्ण सम्झौताको संज्ञा दिँदै उनले डलरको खेती गर्ने र सेलिब्रेटी राष्ट्रवादीले मात्र विरोध गरेको आरोप लगाए ।नेता बस्नेतले मुलुकमा पृथकतावादी आन्दोलन अन्त्य हुँदा मानवअधिकारवादी र डलरवादीको खेती रोकिएपछि एकथरीले विरोध गरेको बताए ।‘अर्कोथरी आफूलाई सेलिब्रेटी नेताको रुपमा देखाउने, उग्रवादी र भावुक राष्ट्रवादको कुरा गर्दै नेपालको बजारको बिक्ने कुरा गर्न चाहन्छन् उनीहरुलाई ज्व्वरो आएको छ । उहाँहरुलाई सबैलाई सिटामोल खुवाएपछि दुई चार दिनमा ज्वरो कन्ट्रोल हुन्छ जस्तो लाग्छ’ बस्नेतले भने ।सम्झौतामा सिके राउतले शान्तिपूर्ण र लोकतान्त्रिक बाटो अपनाउने उल्लेख गरिएको र जनमत संग्रहको उल्लेख नै नभएको उनले बताए । राउतसँगको २ नम्बर बुँदामा लेखिएको जनअभिमत भनेको आवधिक निर्वाचन भएको उनले बताए ।यो सम्झौताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिको शिखर व्यक्ति र राजनेताको रुपमा चिनाएको भन्दै बिराेध गर्नुकाे कुनै तुक नरहेकाे बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार