logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सरकारलाइ धाेका दिन खाेजे सिकेहरु समाप्त हुन्छन् : गृहमन्त्री थापा


  • राजनीति
  • आइतबार, फाल्गुन २६ २०७५

सत्तारूढ दलका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रहमा जाने भन्ने सहमति भएको भन्ने कुरा भ्रामक रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले जनमतसंग्रह कुरै नभएकाे बताएका हुन ।

उनले सीके राउत नेतृत्वको गठबन्धन नेपालको संविधान र सार्वभौमिकता स्वीकार गरेर सहमतिमा आएको उनले दावी गरे ।
उनले कसैलाई धोका दिनका लागि सहमति नगरिएको बताए ।

‘सराकार र गठबन्धनले एकअर्कालाई धोका दिने भन्ने चर्चा पनि छ’, उनले भने, ‘सरकारलाई धोका दिन खोजे उनीहरु समाप्त हुन्छन् ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार