राजनीति
रोल्पा थवाङ्ग गाउपालिका अध्यक्ष बिरबहादुर घर्ती अपहरण परे पछि प्रचण्ड आउने न आउने बारेमा अन्यौल भएको थियो ।यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार रोल्पाको थवाङ जाने कार्यक्रम यथावत रहेको उनको सचिवालयले जनाएको छ । प्रचण्डसँगै वर्षमान पुन ‘अनन्त’ लगायतका नेताहरु पनि थवाङ जानेछन् ।
प्रचण्डको सचिवालयका एक सदस्य प्रकाश दाहालले भने, ‘थवाङ जाने कार्यक्रम रोकिएको छैन, हामी भोलि बिहान त्यता प्रस्थान गर्छौं ।’
प्रचण्डको थवाङ आगमनलाई रोक्ने उद्देश्यका साथ थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती लाइ अपहरण गरेको हुन सक्ने बुझिएको छ ।