logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

कार्यकर्ता रिहाइ नगरे नेकपाले पनि पक्राउ पुर्जी काट्छ : ओम प्रकाश पुन


  • राजनीति
  • शुक्रबार, भाद्र ३० २०७४

नेकपाका पोलिट्ब्युरो सदस्य ओम प्रकाश पुन ले आफ्ना नेता तथा कार्यकर्तालाई अनावश्यक धरपकड नगर्न प्रशानलाइ चेतावनी दिएकाछन । पक्राउ गरेर झुठ्ठा मुद्दा लगाइएको भन्दै “तत्काल रिहा नगरिए गिरफ्तारीमा संलग्न प्रहरी तथा प्रशासनका कर्मचारीहरुलाई पक्राउ पूर्जी अर्थात् वारेन्ट जारी गर्ने चेतावनी दिएका छन् ।

अखिल क्रान्तिकारी कास्कीको २१ औं जिलला सम्मेलनमा बोल्दै नेता पुनले यस्तो चेतावनी दिएका हुन् । उनले तत्काल रिहा नगरिए पार्टीले कडा संघर्षका कार्यक्रमहरु गरिने घोषणा गरे। उनले त्यसबाट उत्पन्न हुने बिसम परिस्थितिको जवाफदेही स्थानीय प्रशासन र सरकार स्वयं हुनुपर्ने बताए।


अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्णसिंहले प्रतिक्रियावादी दलाल राज्यसत्ताकाकारण शिक्षा न्यूनवर्गको पहुँचभन्दा बाहिर रहेको बताउँदै वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त नभएसम्म यस्तो विभेद रहने जिकिर गरे । उनले वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त नभएसम्म संघर्षमा उत्रन आम विद्यार्थी वर्गलाई आव्हान गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामा गास, वास, कपास, शिक्षा र स्वास्थ्य जस्ता दैनिक जीवनका आधारभूत आवश्यकताको सुनिश्चित हुने स्पष्ट पारे ।

उद्घाटन सत्रमा नेकपा गण्डक  इन्चार्ज आस्थाले बोलेकी थिइन । आज शुरु भएपनि बन्दसञ भने शनिबार मात्र हुनेछ । सोही बन्दले अखिल क्रान्तिकारी कास्कीको नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न प्रस्तावहरु समेत पारित गर्ने अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य एवं गण्डक ब्यूरो ईञ्चार्ज प्रकाश विश्वकर्माले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार