logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सरकारले बिखण्डनकारीलाइ बैधानिकता दियाे : नेता श्रेष्ठ


  • राजनीति
  • सोमबार, फाल्गुन २७ २०७५

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका  प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘विखण्डनकारी गतिविधिको अन्त्यको निम्ति सम्झौता कि विखण्डनवादलाई वैधानिकता दिन भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तुरुन्त कदम चाल्न  माग गरेका छन् ।

आइतबार सामाजिक सञ्जालकाे आधिकारिक पेजमा  ट्वीटरमार्फत् उनले सो माग गरेका हुन् ।

उनले भनेका छन्। आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको विरुद्ध खुलम्खुल्ला विखण्डनकारी नारा र जुलुस कसरी र किन भइरहेछ ? यो हद भयो, असह्य भयो ।

ट्वीटमा उनले ‘गम्भीर बनौं’ भनी सचेत समेत गराएका छन् ।

गत शुक्रबार सरकार र सीके राउतको स्वतन्त्र मधेश गठबन्धनबीच राजनीतिक सहमति भएको थियो भने आइतबार सीके राउत जनकपुर जाँदा उनका समर्थकहरुले ‘सम्झौतापश्चात् परित्याग गरिएको भनिएको’ ‘स्वतन्त्र मधेश’ को विखण्डनकारी नारा र माग लगाएका थिए ।

याे अबस्था किन र कसरी श्रृजना भयाे सबैले बाेल्नेबेला आएको बताएका हुन्।

यस्ताे छ उनकाे ट्वीट

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार