logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लव लगायत हजारौंको फोन ट्यापिङ्ग गरी राज्यले संकटकाल थोपरेको छ : नर बहादुर कार्की

अन्तर्राष्ट्रिय अदालत सम्म पुगेर न्याय खोजिने चेतावनी


  • आश तमु
  • सोमबार, फाल्गुन २७ २०७५

चर्चित जिवन प्रशिक्षक तथा नेत्र बिक्रम चन्द ‘ विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका युवा नेता नर बहादुर कार्कीले वर्तमान राज्यले मुलुकमा अघोषित संकटकाल थोपरेको बताएकाछन । आफैले बनाएको कानुनको न्युनतम समेत ख्याल नगरी मनखुसी कामकारबाही गर्नु एउटा अपराध नै भएको संकेत गरेकाछन । सरकारले अदालतको अनुमती बिना नै मनपरि ब्याक्तीहरुको कल ट्यापिङ्ग गरेर ब्याक्तीको गोपनियताको ठाडो उल्लंघन गरेको उनको भनाइ रहेकोछ । मुलुकको कानुनमा कुनै पनि ब्यक्तिको कल डिलेट लिनको लागी अदालतको अनुमति अनिवार्य गरिएको भएता पनि सो कार्यान्वयन नहुनु खेदजनक भएको जिकिर गरेकाछन । हिजै मात्र केहि संचार माध्यममा नेकपाको नेता कार्यकर्ताको फोन ट्यापिङ्ग भएको खबर सार्वजनिक भए पछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन । कार्कीले आफुले यहि बिषय उठाउदा बयान लिने र अपराधी करार गरी मुद्दा- लगाउने सम्भावना भएको भन्दै तर आफु न्याय खोज्ने कार्य बाट कतै नभाग्ने घोषणा समेत गरेकाछन ।

“कानुनी ब्यवस्थाको वर्खिलाप हुने गरी गरिएको हर्कतको विरुद्धमा अन्तर्राष्ट्रिय अदालत सम्म पुगेर न्याय खोजिने चेतावनी”

उनले ब्यक्तिको गोपनियताको हकको पुरापुर वेवास्था गर्दै सुरक्षा अधिकारी र सेवा प्रदायक कम्पनीले लाखौं उपभोक्ताको अधिकार हनन गरेको उल्लेख गरेकाछन । कार्कीले शक्तिको दुरुपयोग गर्दै जनताको हक माथी राज्यले मजाक गरिरहेको भन्दै कानुनी ब्यवस्थाको वर्खिलाप हुने गरी गरिएको हर्कतको विरुद्धमा अन्तर्राष्ट्रिय अदालत सम्म पुगेर न्याय खोजिने चेतावनी दिएका छ्न । कानुनमा अदालतको अनुमतिबिना कसैको कल डिलेट लिन र फोन ट्यापिङ्ग गर्न नपाउने ब्यवस्था गरिएको भएता पनि राज्यले त्यसको ठाडो उल्लंघन गरेको तर्क गरेकाछ्न ।
मानव अधिकारका क्षेत्रमा अन्तर्राष्ट्रिय छबी बनाइसकेका कार्कीले सामाजिक संजाल फेसबुकमा स्टाटस अपलोड गर्दै यस्तो धारणा राखेकाछन । हिजो अबेर अपलोड गरेको उनको फेसबुक स्टाटस यस्तो छ ।
मलाई थाहा छ म कहाँ छु भन्ने बारे राज्य परिचालित र अघोषित संकटकाल थोपर्ने हरुलाई थाहा छ, मलाई यो पनि थाहा छ म माथि कुन बयान र अपराधको मुद्दा- लगाउने सम्भावना छ, तर म भागेर बाच्ने छैन । मलाई थाहा छ लोकेसन थाहा पाउन यो राज्यकै आफ्नो कानुनले सुबिधा नदिएको ‘अदालतको अनुमती बिना मेरो कल डिटेल लिना नपाउने’ सुबिधा सुरक्षा निकायले प्रयोग गरेको छ । हजारौ फोन हरु गैह्र न्यायिक रुपमा सुरक्षा निकायले ट्र्याकिङ गरेको छ। मेरो फोन पनि ट्यापिङ भएको छ। म फोन छोडेर जान्न किनकी भोली मैले यो सुरक्षा अधिकाररि, प्रशासन र टेलिकम बिरुद्ध मेरो अधिकार हननको मुद्दा- अन्तरराष्ट्रिय अदालतमा लैजाना सक्छु । मेरो मोबाइलमा मेरो अधिकार छैन भने, मेरो गोपनियता माथि मजाक गर्ने र मेरै पैसा लिने सेवा प्रदायक ब्यबस्थापनले सामुहिक अधिकारको हनन बिरुद्द जनता र विश्व समुदायलाई उत्तर दिनु पर्नेछ । यो मुद्दा- मैले आफ्नो निम्ती होइन ती सबै पैसा तिरेर सेवा लिने हरुको असुरक्षाको बिरुद्द यहाँ अभिब्यक्त गरेको छु । कृपया सेयर गर्नुस् । ‘

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार