logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपाका नेता भीम रावललाई कसले भन्यो अमिरेकी जासुसी ?


  • राजनीति
  • मंगलबार, फाल्गुन २८ २०७५

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले आफूमाथि ‘कसैको खबरी’ भन्ने कू–प्रचार गरिएको आरोप लगाएका छन् ।उनले केही बेर अघि ट्विट गर्दै भनेका छन्, ‘‘नेपालमा सुरक्षा स्थिति बिग्रिएको बेला संभवतः क्षमता र अनुभव हेरेर होला गृहमन्त्रीमा मेरो नियुक्तिलाई अमरिकी कूटनीतिज्ञले मात्र होइन प्रमुख देशका कूटनीतिज्ञले स्वागत गर्दै विशेष सुरक्षा नीतिको समर्थन गरेका थिए । यसलाई कसैको खबरी भन्ने जस्तो निकृष्ट प्रायोजित कू–प्रचार गरिँदै छ ।’’उनले अगाडि भनेका छन्, ‘‘नेपाल आमालाई गालिगलौज गर्दै टुक्र्याउन विदेशीहरूसँग समेत साँठगाँठ गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिँदै अलग देशको नेतासँग झै सम्झौता गरी स्वतन्त्र मधेस र स्वशासन जस्ता संविधान विपरीतका कुरा, मेरो विरूद्धको कू–प्रचारको थोत्रो बर्कोले छोपिने छैनन् ।’’

गृहमन्त्री बादलले राजिनामा दिनुपर्छ : नेता भिम रावल

पुर्व गृहमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भिम रावलले सरकार र सिके राउतबीच भएको सहमति मान्य नहुने बताएका छन् ।

आज राजधानी काे रिपार्टर्स क्लवको साक्षत्कार कार्यक्रममा बोल्दै नेता ले भने राउतजीले म अब नेपालको संविधान अनुसार शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गर्थैं, उहाँले आफ्नो सम्बोधनमा त्यस्तो बोल्नुभएन्ड, उनले भने, ‘उहाँले यसअघि राष्ट्र विरुद्धमा र देश टुक्र्याउने क्रियाकलाप र अभिव्यक्ति दिनुभएको थियो, ती सबै गलत हुन, म फिर्ता लिन्छु भनेर एक शब्द पनि बोल्नुभएन ।’

रावलले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्देश्य, गन्तव्य र एउटा स्पष्ट धारणा हुनुपर्नेमा सीके राउतसँग सम्झौता गर्दा उद्देश्य स्पष्ट नदेखिएको आरोप लगाए ।

उनले सहमति गर्दा पार्टी्भित्र कुनै छलफल र जानकारी नभएको र आफूले पजिन सहमति हुँदै गरेको सामाजिक सञ्जालबाट थाहा पाएको बताए ।

नेता रावलले पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सीके रावतसँग तुलना गरेकोमा दुःख वयक्त गरेका छन् ।

‘हाम्रो अध्यक्ष प्रचण्ड र सिके राउतको आँटको तुलना गर्नुभयो, यसमा मलाई दुःख लाग्यो’, उनले भने, ‘देशद्रोही हो भनेर राउतलाई सरकारले जेल पठाएको व्यक्ति र हाम्रो अध्यक्ष प्रचण्डको चरित्र एउटै हो भनियो, यसको जवाफ प्रचण्डजीले दिने हो ।’

रावलले प्रधानमन्त्री ओलीले राउतलाई दार्श्निक भनेर सम्बोधन गरेकोमा पनि आश्चर्य प्रकट गरे । उनले भने, ‘मलाई त गज्जब लाग्यो, राउतलाई दार्श्निक भनियो, उसो भए अब के हामी उहाँकै दर्शनमा चल्नुपर्ने हो ?’

उनले यो सहमतिमा हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामाबारे अब बस्ने बैठकमा छलफल हुने पनि जिकिर गरे । उनले भने, ‘अब बस्ने पार्टीको बैठकमा गृहमन्त्रीको राजीनामाका विषयमा छलफल हुने बताएका छन्।

भिम रावलकाे नजरमा आपत्तिजनक यस्ता छन् सहमति का बुदाहरु

सत्तारूढ दल नेकपा का प्रभावितशाली नेता तथा पुर्व गृहमन्त्री भिम रावलको पहिलो आपत्ति राउतको संगठनको नाम ‘स्वतन्त्र मधेस गठबन्धन’ मा छ । मधेस कहिल्यै स्वतन्त्र नभएको भन्दै स्वतन्त्र मधेस गठबन्धनका नाममा सहमति गर्नु गलत भएको बताए । यो दुई देशको जस्तो सम्झौता भएको बताए ।

केही नेताले यो त पार्टीको नाम पो हो भन्ने तर्क गरेको आफूले सुनेको भन्दै उनले भने, म कानुनको विद्यार्थी पनि हुँ । जुन नाम लिन्छ, काम पनि त्यही गर्छ । होइन भने हामीले कम्युनिस्ट पार्टी किन राख्ने ? भृकुटी पार्टी राखे भइहाल्यो नि ।’

अब देशभर ‘स्वतन्त्र मधेस गठबन्धन’को नाममा पार्टी कार्यालय खोल्दा त्यसले के अर्थ जान्छ भन्ने प्रश्न गरे ।

उनले अघि भने, ‘यो त नाम पो हो त भनेर कसैले भन्छ भने जनतालाई झुक्याउने खेल हो ।’

उनको दोस्रो आपत्ति ११ बुँदे सहमतिको दोस्रो बुँदामा छ । त्यसमा ‘तराई मधेस लगायत देशका कतिपय स्थानमा रहेको असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं’ छ ।

यसले देशमा जताततै द्वन्द्व छ र त्यसको माधान जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने भनेर सरकारले स्वीकार गरेको बुझिएको उनले बताए । ‘मेरो शब्द होइन, जनअभिमतमा आधारित लोकतान्त्रिक विधि भनेको जनमत संग्रह हो भनेर सिके राउतजी भन्नुहुन्छ’ उनले अघि भने, ‘यो आपत्तिजनक छ । संविधानसभाबाट के कुरालाई पराजित गरेका थियौं, त्यसलाई यहाँ स्थापित गरेका छौं । कसका लागि ? कसको स्वार्थमा ?

उनको तेस्रो आपत्ति, बुँदा नम्बर ४ मा उल्लेख भएको स्वशासन भन्ने शब्दमा छ ।

संविधान निर्माणका क्रममा प्रदेशले स्वशासन गर्ने र मनलागे छुटि्टन पाउने अधिकार हुनुपर्ने माग उठेपनि आफूहरुले अस्वीकार गरेको र जनताले त्यसलाई अनुमोदन गरेको स्मरण गर्दै नेकपा नेता रावलले भनेका छन्, ‘संविधानअनुसार स्थानीय तह, प्रदेश छँदैछन्, अनि यो स्वशासन भनेको के हो ?

रावलले राउत समूहका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने सहमतिमा पनि आपत्ति जनाए । माओवादी सशस्त्र द्वन्द्वका बेलामा भएका घटना टुंग्याउन बाँकी रहेको र अहिलेसम्म सत्य निरुपण आयोगले काम गरिहेको भन्दै उनले त्यसभन्दा बाहिर गएर सबैको मुद्दा फिर्ता लिने सहमति गरिएको बताए ।

रावलको पाँचौं आपत्ति सहमतिको बुँदा नम्बर ७ मा छ । जसमा स्वतन्त्र मधेस संगठनका कार्यकर्तालाई बसोबास, संघसंस्था वा पार्टी खोलेर मुलधारको राजनीति गर्न दिने भनिएको छ ।

रावलका अनुसार झट्ट हेर्दा मान्छेले भन्न सक्छन्, कुरा ठीकै हो । तर, राउतले विगतमा मधेस स्वतन्त्र हुनुपर्छ किनभने त्यहाँ बसोबास गर्न पाइएन, संगठन गर्न पाइएन भनेर अन्तराष्ट्रिय मञ्चहरुमा दाबी गरेको भन्दै राउवले भने, यो लेखाईले के भन्छ ? विगतमा नदिएकै रहेछ भन्ने पुष्टि हुन्छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार