logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मानवअधिकारकर्मिकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप कृष्ण पहाडी सहित १६ जना पक्राउ


  • राजनीति
  • बुधबार, फाल्गुन २९ २०७५

पोखरा- सरकार र सिके राउत बिच भएकाे ११ बुदे सहमति खारेजकाे माग गर्दै  मानव अधिकार तथा शान्ति समाज ले गरेकाे प्रदर्शन मा प्रहरी हस्तक्षेप भएकाे छ।सिंहदरबार परिसरबाट प्रहरीले १६ मानवअधिकारकर्मीलाई पक्राउ गरेको हाे  प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि आयोजना गरिएको विरोध प्रदर्शनबाट मानवअधिकारकर्मी कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरेको बताइएको छ।२०७५ फागुन २४ गते  भएको ११ बुँदे सहमतिको विरोधमा बुधबार मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन आयोजना गरेको थियो  ।विरोध प्रदर्शनबाट प्रहरीले पहाडीसहित समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहामगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, गीता तिमल्सिना, अधिकारकर्मीहरु ईश्वर पुडासैनी, विपी पौडेल, बाबुराम न्यौपाने, विनित अर्याल, नानीकाजी गिरी, भगवान पुडासैनी, अर्जुन लामिछाने, भक्त लिम्बु, नामबहादुर पुनसहित १६ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार