राजनीति
प्रदेश २ को स्थानीय तह चुनाव प्रचारका क्रममा तराईमा रहनु भएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको अहंकारका कारण प्रदेश २ को स्थानीय तहमा प्रभावकारी तालमेल हुन नसकेको वताएकै भोलिपल्ट कांग्रेस महामन्त्री डा शशांक कोइरालाले माओवादी केन्द्र काङ्ग्रेसको पुच्छर भएको बताएकाछन ।
बीरगञ्जमा प्रदेश नं २ मा हुने तेस्रो चरणको स्थानीय चुनावमा उनीहरुले वडा तहदेखि प्रमुख उपप्रमुख पदमा संयुत्तः उम्मेदवारीको गृहकार्य गरेका थिए । तर, वडाका उम्मेदवारमा भागबण्डा नमिल्दा उनीहरुले सोचेजस्तो औपचारिक तालमेल हुन सकेन । दुई दलका नेताहरुले एक अर्कालाई हिलो छ्यप्दै आएकाछन ।
‘माओवादीले केही गर्न पनि सक्दैन, उसको कुनै हैसियत पनि छैन’ बीरगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री कोइरालाले भने । दाहालले कांग्रेसको अहंकारका कारण तालमेल हुन नसकेको अभिब्यक्ति दिएपछि कांग्रेस कार्यकर्ताहरुले त्यसप्रति तीब्र प्रतिक्रिया दिएका छन् । ‘भरतपुरमा वडा अध्यक्ष समेत जित्ने हैसियत नभएकी आफ्नी छोरीलाई कांग्रैसले मेयर बनाइदिने अनि उल्टै कांग्रेसलाई अहंकारी भन्ने ?’ कांग्रेस कार्यकर्ताहरुले सामाजिक सञ्जालमा प्रश्न उठाएका छन् ।
चक्रपथबाट