logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रतिबन्ध प्रतिवाद गर्दै पुर्व माओवादी विप्लव काे पार्टीमा प्रबेशकाे लहर


  • न्युज डेस्क
  • बुधबार, फाल्गुन २९ २०७५

केपी ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको काे नेकपा बिरुद्ध प्रतिबन्ध गरे लगत्तै पुर्व माओवादी तथा पुर्व एमालेहरुले पार्टी परित्याग गरेका गर्दै विप्लव काे पार्टी मा प्रवेश गरिरहेका छन्

कञ्चनपुरमा विभिन्न पार्टी परित्याग गरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेहरूको सङ्ख्या बढेको छ । कञ्चनपुर जिल्लाको वेदकोट वडा नम्बर ५ मा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी २० जना नेकपामा प्रवेश गरेका छन् । पार्टीमा प्रवेश गर्नेहरूलाई जनजागरण अभियान २ टोलीका इन्चार्ज रमेश नेपालीले पार्टी प्रवेश गराएका थिए ।
त्यस्तै कञ्चनपुर शुक्लाफाँटा नगरपालिकामा तीन दर्जनभन्दा बढी पार्टी प्रवेश गरेको नेता जीवनले बताए । पछिल्लो समय सरकारले जनताका पक्षमा काम गर्न नसकेको, दिनानुदिन राष्ट्रघाती काम गर्दै गएको भन्दै सत्तारूढ पाटीी छाेडने क्रम बढिरहेकाेे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार