logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सरकार युद्धको पक्षमा देखियाे प्रतिबन्धकाे निर्णय नेपालीका लागि घातक : आहुती


  • न्युज डेस्क
  • बुधबार, फाल्गुन २९ २०७५

सरकारले विप्लवमाथि लगायकाे प्रतिबन्धले सरकार युद्धले चाहेेकाेे भन्दै निर्माणाधीन वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ले विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध जायज नभएको बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै आहुतिले सरकारको उक्त कदमले गम्भीर  बनाएको जनाएका छन् ।

जारी विज्ञप्तिमा भनिएको छः ‘सरकारद्वारा नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्धको घोषणाले हामीलाई गम्भीर बनाएको छ । कमरेड नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले उठाएका राजनैतिक माग, सरोकार र असन्तुष्टिलाई आम जनताले पत्याउने स्तरमा सम्बोधन गर्ने न्यूनतम चेष्टा सरकारले गरेकै छैन र त्यस पार्टीले जिम्मा लिएका केही घटनालाई आधार बनाएर प्रतिबन्ध स्तरको चरम निर्णय कदापि जायज हुनै सक्दैन ।’

प्रतिबन्धको घोषणाले सरकार आफैं युद्धन्मुख भएको समेत विज्ञप्तिमा भनिएकाे छ

यस्तो छ बिज्ञप्ती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार