राजनीति
नवलपुरको सदरमुकाम कावासोतिमा ठूलो आवाजमा बिस्फोट भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत डिभिजन बन कार्यालय कावासोतिको ठिक अगाडि ११ः३० बजेको समयमा बिस्फोट भएको हो । बिस्फोट निकै ठूलो आवाजमा भएको थियो । यधपी बम हो या होइन भन्ने विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
बिस्फोटपछि बारुदको गन्ध आएकाले सकेट बम हुन सक्ने अनुमान गरिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताउनुभयो । बिस्फोट पछि सुरक्षा सतर्कता थप बलियो बनाईएको छ । बिस्फोटबाट मानबिय तथा भौतिक क्षति भने भएको छैन बिस्फोट भएको स्थानदेखी जिल्ला प्रहरी कार्यलय नवलपुर करिब १०० मिटरको दुरिमा पर्छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दको प्रभाव पुर्णरुपमा परेको छ । मुलुक भरी बाट प्राप्त जानकारी अनुसार बन्दले जनजीवन प्रभावित भएको छ ।
आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आव्हान गरेको थियो । बन्दको पूर्वसन्ध्यामा र बिहानै देशका विभिन्न स्थानमा शंकास्पद बस्तु भेटिएका छन् भने कतिपय ठाउँमा विस्फोटको आवाज सुनिएको बताइएको छ ।
बिहानै बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ । भने गोरखा, लगायतका ठाउँमा पनि शंकास्पद बस्तु भेटिएका छन् ।बन्दका कारण पृथ्वी राजमार्ग सिद्धार्थ राजमार्ग बाग्लुङ राजमत्गमा सार्वजनिक सवारी चलेका छैनन् । शैक्षिक संस्था, बजार तथा औद्योगिक प्रतिष्ठानमा पनि असर परेको छ ।