logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवको फौजमा ड्रोन परिक्षण , अफवाह की अन्तिम सत्य ?


  • अखिल बिश्वकर्मा
  • शुक्रबार, चैत्र १ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको अगाडी भीषण संघर्ष अनिवार्य भन्दै गएको देखिन्छ । जब सरकारले एकाएक प्रतिवन्ध लगाउने घोषणा गरेपछी यो परिस्थिति जन्मेको राजनीतिक बिस्लेषकहरुको भनाइ रहेको छ । सरकारको प्रतिबन्ध घोषणा  गरे पछि नेकपा का  महासचिव विप्लवले बिज्ञप्ती जारी गर्दै त्यसको प्रतिवाद मात्र गरेनन् प्रतिरोध गरिने घोषणा समेत गरेकाछन ।

सरकारी प्रतिबन्धको घोषणा संगै नेकपाका राजनीतिक फौजी क्षमताका बारेमा बिभिन्न बहस र तर्क हुन थालेकाछन । कतिपयले नेकपाले ड्रोन युद्धको तयारी थालेको सूचना प्राप्त भएको दावी गरेका छन । कतिपयले आइटी सेनाको मजवुत बिकास गरिसकेको बिश्लेषण गरेका छन ।  तर बास्तविकता के हो खास पुष्टि भएको छैन । कतिपय मिडियाले नेकपा सग ड्रोन रहेको र त्यसले ५०० मिटरको दुरीसम्म मार हान्न सक्ने भनेर भनिएको छ । तर बास्तबिकता के चाही हो भने हरेक बिद्रोही शक्तिले फौजी तयारी आफ्नै ढंगले गर्ने र हतियार समेत आफै निर्माण गर्ने क्षमता चाही राखेकै हुन्छ । जुन कुरा जनयुद्धले समेत पुष्टि गरिसकेको छ ।

अहिले सुरक्षा निकायमा नेकपाले ड्रोन परीक्षण गरेको एकखाले तरंग गएको देखिन्छ । जसको कारण सरकारका गुप्तचरी संयन्त्रमा समेत हल्लीखल्ली मच्चिएको छ । आधा किलोसम्मको विस्फोटक पदार्थ बोक्नसक्ने ड्रोनको बारेमा खोजिनिती भएको समाचार बाहिर आएकैछन ।

सरकारले ‘प्रतिबन्ध’ को दर्जा दिएर बिप्लब नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न बिहीवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विप्लव नेकपा सग अवैध हतियार बरामद हुन थालेपछि उसका गतिविधिमाथि प्रतिबन्ध लगाइएको बताए थिए ।

सरकारको निर्णयसँगै विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि सुरक्षा निकायले थप निगरानी बढाएका छन् । भने कतिपय समर्थक र सामन्य कार्यकर्तालाइ धरपकड समेत सुरु गरेको छ ।

यसअघि पनि ‘विध्वांत्मक’ समूहको रुपमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्नै तरिकाले विप्लवमाथि निगरानी गरिरहेका थिए ।
नेकपाले हतियार समेत संकलन गरेर सैन्य तालिम दिन थालेको रिपोर्ट सुरक्षा निकायबाट सरकारले प्राप्त गरेको बताइएको छ ।

नेपाली सेनाको विश्लेषण हेर्दा विप्लव नेकपा फौजी रुपमा समेत ‘बलियो’ रहेको देख्न सकिन्छ । नेकपा सग करिब ३ हजारको हाराहारीमा लडाकूहरु छन् । यी लडाकूहरु कुनै पनि बेला आक्रमणमा उत्रिन सक्ने सेनाको मुल्यांकन छ ।

यस्तै विप्लव नेकपा सग साना–ठूला, आधुनिक र परम्परागत गरी केहि हजारको संख्यामा हतियार रहेको सैनिक स्रोतको भनाइ छ । जसमध्ये केहि सयजति आधुनिक किसिमका स्वचालित हतियारहरु नेकपा सग हुनसक्ने सेनाको मुल्यांकन छ ।

तर, विप्लव नेकपामा राजनीतिक र फौजी संगठनबीचको समन्वय तल सम्म  नरहेको सरकारी निकायको अनुमान रहेको छ । विप्लवबाहेक राजनीतिक संगठनका अन्य व्यक्तिसँग फौजी संगठनको सम्पर्क नहुने रिपोर्टिङ समेत भएको पाइन्छ। अधिकांश राजनीतिक संगठनका व्यक्तिलाई पनि फौजी संगठनबारे जानकारी नहुन सक्ने देखिन्छ ।

केहि वर्ष अगाडी मात्र भीषण लडाइ भोगेको मुलुकले अर्को द्वन्द थेग्न निकै कठिन देखिन्छ त्यसकारण राज्यले राजनीतिक ब्यवहार बाहेकको विकल्प खोज्नु हानिकारक हुनेछ । त्यस्तै बिद्रोही शक्ति नेकपाले पनि वार्तालाइ वेवास्ता गर्नु  उत्तम नहुन सक्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार