logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

यो ठाउँमा विप्लव नेकपाको हेडक्वटर निर्माण हुँदै छ, हेर्नुस…..


  • पवित्रा सुनार
  • शनिबार, चैत्र २ २०७५

कालिकोट – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विक (प्रकाण्ड) को गाउँमा सडक निर्माणमा तिब्रता दिइएको छ। नेकपाले कर्णाली नदीपार गराएर आफ्नै डोजरले सडक निर्माण गरिरहेको छ।

नेकपाको कालिकोट माल्कोटमा पार्टी कार्यालय निर्माणधिन अवस्थामा छ। नेकपाका प्रवक्ता प्रकाण्डको गाउँमानै पार्टीको हेडक्वटर निर्माण भइरहेको जिल्ला सेक्रेटरी ऐडीले बताए। हेडक्वाटर पुगाउनको लागि सात किलोमिटर सडक डोजर र जनशक्ति लगाएर निर्माण गरिएको छ। दुइ करोड मूल्य पर्ने दुई वटा डोजर बाटो खन्न ल्याइएको छ। त्यस्तै सान्नत्रीवेणी गाउँपालिको मुम्रा सहिद पार्क निर्माण गरेका छन्। विप्लव नेकपाले साढे चार करोड लागतमा सडक निर्माण गरिरहेको छ।

अहिले सडक र पार्टी हेडक्वार्टर भवनको निर्माण प्रहरीले रोकिदिएको छ। सरकारले विप्लवका गतिविधि बन्द गराएपछि प्रहरीले काम गर्न दिएको छैन्। जिल्लाका ९ वटा स्थानीय तहमध्ये ६ वटा गाउँपालिका, ३ नगरपालिका छन्। जिल्ला भरी प्रहरीको पन्ध्र वटा युनिट रहेका छन्। जिल्लामा ३५० जनाको दरबन्दी रहको डिएसपी विनोद शर्माले बताए।

सरकारले प्रतिबन्धको निर्णय गरे पनि गाउँगाउँमा आमसभा र कार्यक्रमहरू भइरहेको जिल्ला सेक्रेटीरी रणदिप ऐडीले बताए। सरकारलको प्रतिबन्धले सुन्य गतिमा पनि असर नपरेको उनले बताए। विप्लवका नेताहरुले देशका विभिन्न ठाउँमा १४ हजार जनसेना रहेको बताउने गरेका छन्। जसमध्ये संयुक्त राष्ट्रसंघीय मिसन अनमिनद्वारा बहिगर्मित ७ हजार रहेको बताइने गरिएको छ। सरकारले विप्लव माओवादीसँग राजनीतिक रूपमा समस्या समाधान गर्न संवाद गर्ने कोशिस गरेपनि अझै चर्काचर्की बनेको छ। शसस्त्र, अर्धभूमिगत, जातीयता, क्षेत्रीयताको मुद्दा उठाएर आन्दोलित धेरै समूहसँग वार्ता गरिए पनि आंशिक द्वन्द्व भइरहेको जानकारहरु बताउँछन्। जिल्लाको सबैजसो स्थानीय तहमा भातृसंगठन निर्माण भएका छन्। नागरिक न्युजबाट साभार

विप्लवको शक्तिशाली लालकिल्ला बन्यो कालिकोट

कालिकोट – शक्तिशाली लालकिल्लाको रुपमा कालिकोट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको देखिएको छ। देशका ७७ वटै जिल्लामध्येकै विशेष शक्ति केन्द्रको रुपमा पछिल्लो समय कालिकोटलाई लिइएको हो।

विप्लवपछिको दोस्रो नेतृत्व समालेका नेकपाका प्रवक्ता खड्कबहादुर विक (प्रकाण्ड) लगायतका सयौं नेता कालिकोटका छन्। कालिकोटबाट पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, भेरी कर्णाली ब्युरो गरी १३ जना नेताले प्रतिनिधित्व गरिरहेका छन्। विप्लवको अखडा र प्रभावित जिल्लाको रुपमा कालिकोटलाई सुरक्षा निकायले पहिलो सूचीमा राखेको छ। विप्लव नेतृत्वको नेकपाले देशकै लालकिल्ला कालिकोट भएको दाबी गरेको छ।
हाल प्रकाण्ड संगठन विभाग प्रमुखको रूपमा पनि क्रियाशील छन्। ललितपुर, भक्तपुरलगायत ४५ वटा जिल्लामा पार्टीका अध्यक्ष कालिकोटकै रहेको प्रवक्ता प्रकाण्डले जानकारी दिएका छन्। कालिकोटकी पुर्व सभासाद धिरिन्द्रा उपाध्याय काठमाडौं इञ्चार्ज रहेकी छन्।

पुर्व राज्यमन्त्री नवीन विक त्यस्तै कालिकोटकै ललितपुर जिल्लाको इन्चार्ज बनेका छन्। भेरी कर्णाली व्युरोका सबै जिल्ला इञ्चार्ज कालिकोटकै छन्। कालिकोटबाट मात्र १३ जना केन्द्रीय सदस्य पोलिटब्युरो सदस्य छन्। जसमा अधिकांशलाई जिल्ला इन्चार्ज र प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ। कालिकोटकै खम्ब बुढा भेरी कर्णाली ब्युरोका इन्चार्ज हुन्। कालिकोटका लोकजंग शाही, कर्ण भण्डारी, कालीबहादुर शाही, रणदीप ऐडी, विशाखर जैसी, शितल बिष्ट, अनिपाल बिक, पदम बिक र कञ्चन शाहीले ठुलो नेतृत्व समाल्दै आएका छन्।

कालिकोटबाटै युवा संगठन नेपालको केन्द्रीय उपाध्यक्ष दिनेश विक रहेका छन्। अखिल नेपाल महिला क्रान्तिकारी संघको केन्द्रीय महासचिव धिरिन्दा उपाध्याय हुन्। त्यस्तै अखिल क्रान्तिकारी विद्यार्थीको केन्द्रीय कोषाध्यक्षमा नरेन्द्र विक रहेका छन्।

साता वटा भातृ संगठनका कर्णाली व्युरो संयोजक समेत कालिकोटकै रहेको विप्लव नेतृत्व नेकपा कालिकोटका सेक्रेटरी मुनिलाल ऐडी (रणदिप) ले बताए। नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृह जिल्ला भएकाले सुरक्षाको दृष्टिले अति ‘संवेदनशील’ मानिएको छ।

पवित्रकुमार शाहीले नागरिक न्युजमा लेखेक छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार