logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवको शक्तिशाली लालकिल्ला बन्दै कालिकोट


  • पवित्रकुमार शाही
  • शनिबार, चैत्र २ २०७५

कालिकोट – शक्तिशाली लालकिल्लाको रुपमा कालिकोट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको देखिएको छ। देशका ७७ वटै जिल्लामध्येकै विशेष शक्ति केन्द्रको रुपमा पछिल्लो समय कालिकोटलाई लिइएको हो।

विप्लवपछिको दोस्रो नेतृत्व समालेका नेकपाका प्रवक्ता खड्कबहादुर विक (प्रकाण्ड) लगायतका सयौं नेता कालिकोटका छन्। कालिकोटबाट पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, भेरी कर्णाली ब्युरो गरी १३ जना नेताले प्रतिनिधित्व गरिरहेका छन्। विप्लवको अखडा र प्रभावित जिल्लाको रुपमा कालिकोटलाई सुरक्षा निकायले पहिलो सूचीमा राखेको छ। विप्लव नेतृत्वको नेकपाले देशकै लालकिल्ला कालिकोट भएको दाबी गरेको छ।
हाल प्रकाण्ड संगठन विभाग प्रमुखको रूपमा पनि क्रियाशील छन्। ललितपुर, भक्तपुरलगायत ४५ वटा जिल्लामा पार्टीका अध्यक्ष कालिकोटकै रहेको  छ। कालिकोटकी पुर्व सभासाद धिरिन्द्रा उपाध्याय काठमाडौं इञ्चार्ज रहेकी छन्।

पुर्व राज्यमन्त्री नवीन विक त्यस्तै कालिकोटकै ललितपुर जिल्लाको इन्चार्ज बनेका छन्। भेरी कर्णाली व्युरोका सबै जिल्ला इञ्चार्ज कालिकोटकै छन्। कालिकोटबाट मात्र १३ जना केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य छन्। जसमा अधिकांशलाई जिल्ला इन्चार्ज र प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ। कालिकोटकै खम्ब बुढा भेरी कर्णाली ब्युरोका इन्चार्ज हुन्। कालिकोटका शाही, कर्ण भण्डारी, कालीबहादुर शाही, रणदीप ऐडी, विशाखर जैसी, शितल बिष्ट, अनिपाल बिक, पदम बिक र कञ्चन शाहीले ठुलो नेतृत्व समाल्दै आएका छन्।

कालिकोटबाटै युवा संगठन नेपालको केन्द्रीय उपाध्यक्ष दिनेश विक रहेका छन्। अखिल नेपाल महिला क्रान्तिकारी संघको केन्द्रीय महासचिव धिरिन्दा उपाध्याय हुन्। त्यस्तै अखिल क्रान्तिकारी विद्यार्थीको केन्द्रीय कोषाध्यक्षमा नरेन्द्र विक रहेका छन्।

साता वटा भातृ संगठनका कर्णाली व्युरो संयोजक समेत कालिकोटकै रहेको विप्लव नेतृत्व नेकपा कालिकोटका सेक्रेटरी मुनिलाल ऐडी (रणदिप) ले बताए। नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृह जिल्ला भएकाले सुरक्षाको दृष्टिले अति ‘संवेदनशील’ मानिएको छ।

पवित्रकुमार शाहीले नागरिक न्युजमा लेखेक छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार