नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाइ प्रतिबन्ध लगायसगै सरकार क्रुर भएकाे देखिन्छ । एउटा राजनीतिक आस्था बाेकेर हिडेका उसका नेता तथा कार्यकर्ता माथि बिनाकारण गाेली हान्ने आदेश दिइएकाे छ।
नेत्रविक्रम चन्द का गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाउने नाममा केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ ।
सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ । घुँडामुनी गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने ।
विस्फोट र आगजनीका घटना बढाएरका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउनसक्ने सुरक्षा संयन्त्रको निष्कर्ष छ । पहिलो चरणमा सुरक्षाकर्मीमाथि जाइलाग्ने उनीहरुको कुनै योजना नदेखिएको उनीहरुको विश्लेषण छ । आजको कान्तिपुरमा छ।