राजनीति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का सभापति शेरबहादुर देउवाले सरकारलाई विप्लवसग बार्ता गर्न अपिल गरेका छन्।
शनिबार पाल्पाको एक कार्यक्रममा बाेल्दै सभापति देउवाले विप्लवलाई बार्तामा आउन र सरकारलाई बार्ताकाे बाताबरण बनाउन सुझाएका हुन्।
मुलुक काे समस्या द्वन्द्वबाट हल नहुने भन्दै देउवाले हरेक समस्याकाे हल संम्वादबाटै गरिनुपर्ने धारणा राखेका छन्।सबैखाले विमतिको हल राजनीतिक संवादका माध्यमबाट खोज्न सकिने भएकोले वार्तामा आउन विप्लवलाई कांग्रेसले आग्रह गरेको हो। सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाएकोमा कांग्रेसले वार्ताबाट नै दीर्घकालीन रुपमा समस्याको समाधान खोज्न आग्रह गरेको छ।
सरकारले संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समस्याको समाधान खोज्न नसकिने भएकोले वार्ताबाटै समस्या हल गर्ने शासकीय सुयोग्यता प्रस्तुत गर्न सरकारलाई आग्रह गरेको छ।
सभापति शेरबहादुर देउवाले ‘निषेधले होइन वार्ताबाटै समाधान खोज्न आग्रह गरेको’ तथा बरिष्ठ नेता रामचन्द्र पौडेलले ‘विद्रोहीलाई विश्वासमा लिन नेकपाका दुई अध्यक्षलाई विशेष योग्यता प्रस्तुत गर्न’ आग्रहसमेत गरेको विज्ञप्तिमा उल्लेख छ।
लामो हिंसाबाट शान्तिको सास फेरिरहेको अवस्थामा फेरि हिंसाबाट जर्जर भएर नागरिक जीवनमाथि खेलवाड नगर्न कांग्रेसले सचेत गराएको शर्माले बताएका छन्। ‘शान्तिपूर्ण वार्ताबाट शान्तिपूर्ण समाधान खोज्नुपर्छ,’ प्रवक्ता शर्माले भने।