राजनीति
विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसगै विप्लव प्रभाव क्षेत्रमा प्रहरीले विशेष अप्रेशन सुरु गरेकाेछ।रोल्पा तत्कालीन माओवादी प्रभावित क्षेत्रका रुपमा चिनिन्छ । कुनै बेला यो माओवादीको आधार क्षेत्र थियो । यही रोल्पामा फेरि सुरक्षा निगरानी बढाइएको छ ।
नेेेेत्रबिक्रम चन्द विप्लव का गतिविधि नियन्त्रण गर्न भन्दै रोल्पामा केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मी खटाइएको छ ।
सुरक्षा निकायका अनुसार, हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ । घुँडामुनि गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने भन्दै गृहले व्यापक प्रहरी परिचालन गरेकाे छ।