राजनीति
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।
प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था झण्ड भएको आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आरोप लगाएका हुन्।
विप्लव समूहविरुद्ध निकै आक्रमक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले अनाधिकृत झुण्डलाई सरकारले चचिन्ने बताए। ‘विप्लवको संस्था विधिवत् छैन, निर्वाचन आयोग लगायत कहीँ कतै दर्ता छैन’, उनले भने, ‘यो त अनाधिकृत झुण्ड हो, यस्तो झण्डलाई सरकारले चिन्दैन।’
प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभए ठोकुवा गरे। उनले उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिमा मात्रै प्रतिबन्ध लगाइएको स्पष्ट पारे।
प्रचण्डको अमेरिका वसाई: सिता दहालको उपाचार कि अमेरिका सङ्ग माफी माग्न ?
पोखरा-सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आइतबार आज अमेरिका प्रस्थान गर्दै छन्। परिवारका केही सदस्यसहित पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिका प्रस्थान गर्न लागेका हुन्।प्रचण्ड यसअघि माघ पहिलो साता अमेरिका जाने कार्यक्रम थियो तर भेनेजुएला प्रकरणका कारण जान रोकिएका थिए। उथलपुथलपूर्ण भेनेजुएली राजनीतिमा अमेरिकी चासोको विरोध गर्दै प्रचण्डले अमेरिकाको विरोधमा बक्तव्य दिएपछि उनी अमेरिका जान रोकिएका थिए।
अमेरिका बसाइको क्रममा प्रचण्डले त्यहाँ स्थित महत्वपुर्ण भेटघाट गर्ने देखिन्छ जसले गर्दा भेनेजुयला प्रकरण दिएको अभिब्यक्ति बारे प्रचण्डले गल्ति स्विकार गर्ने बिश्लेषक बताउछन।केही समय अघि रेशम चौधरीलाई आजिवन कारागास साथै सिके राउतलाई राजनैतिक मुलधारमा ल्याए पछी छुट्टै राजनैतिक हलचल नै भएको छ।नेत्र बिक्रम चन्द विप्लवलाई राजनैतिक प्रतिवन्द लगाउनु र प्रचण्ड आफैले सार्वजनिक स्थलामा मलाई विप्लवले मार्न खोजे भन्दै अभिव्यक्ति दिनु कुनै कुनै ठाउँबाट ग्राण्ड डिजाएन भएको बताउछन विश्लेषक। प्रचण्डलाई बिप्लबको डर होइन उहाँलाई बाहिरी देशका गुप्तचरको डर हो” नाम उल्लेख नगर्ने सर्तमा एक राजनैतिक विश्लेषकले भने केही समय अघि पनि प्रचण्ड पुत्र प्रकाश दाहालको देहावसनलाई लिएर भारतीय गुप्तचर सस्था रअ”लेधेरै नबोल्न प्रचण्डलाई धमकाएको भनि खबर व्यापक भएको थियो।
त्यसैबीचमा भेनेजुएला प्रकरणमा निकालेको बक्तव्यका कारण प्रचण्ड–अमेरिकाबीचको सम्बन्धमा दरार उत्पन्न भयो र उनी त्यता जान रोकिए।पछि नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी नै प्रचण्ड निवास पुगेर भ्रमण रद्द नगर्न अनुरोध गरेर सम्बन्ध सुधारको प्रयास गरेका थिए।राजदूत बेरीको सोही अनुरोधपछि प्रचण्डले पत्नी सीताको उपचारका लागि अमेरिका जाने कार्यक्रम बनाएका हुन्।स्रोतका अनुसार, उनको अमेरिका बसाईं करिव दुई हप्ताको हुनेछ।भेनेजुयला प्रकरणमा दिएको बकतव्यलाई लिएर केही तनाब उत्पन्न भए पछी प्रचण्ड निकै चिन्तामा थिए।राजनैतिक विश्लेषकहरु प्रचण्डको अमेरिका वसाईलाई निकै महत्व पुर्ण रुपमा हेरिएको छ।अमेरिका बसाइको क्रममा प्रचण्डले त्यहाँ स्थित महत्वपुर्ण भेटघाट गर्ने देखिन्छ जसले गर्दा भेनेजुयला प्रकरण दिएको अभिब्यक्ति बारे प्रचण्डले गल्ति स्विकार गर्ने बिश्लेषक बताउछन।