logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लव नेतृत्व नेकपाको चेतावनी “पार्टी कार्यालय हस्तक्षेप सशक्त प्रतिवाद गर्छौं”


  • राजनीति
  • मंगलबार, चैत्र ५ २०७५

रुपन्देही- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीको नियन्त्रणमा रहेको बुटवल पाल्पा रोडस्थित रातो घर प्रहरीले खाली गराएकोप्रति नेपाल कम्युनिष्ट पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एक विज्ञप्ति सार्वजनिक गर्दै पार्टी कार्यालयको ताल्चा फोरेर पार्टीको झण्डा, ब्यानर साइनबोर्ड लगायत महत्वपूर्ण सामग्री कब्जा लिएको प्रति सो पार्टीले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

जिल्ला इञ्चार्ज शरद ओली र जिल्ला सेक्रेटरी अमर आरसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिष्टको नाममा समाजवाद र साम्यवादको बदनाम गर्ने ओली–प्रचण्ड नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो कार्यालयमाथि गरेको अनावश्यक हस्तक्षेप, पार्टीमाथि लगाइएको प्रतिबन्ध र हाम्रा नेता कार्यकर्ताहरूको गिरफ्तारी तथा जनविरोधी हर्कतविरूद्ध हामी राजनीतिक, वैचारिक तथा वर्गसङ्घर्षको माध्यमबाट सशक्त प्रतिवाद गर्दछौं र गृह प्रशासनको यस्तो फासीवादी र राजनीतिक स्वतन्त्रता विरोधी हर्कतविरूद्ध सम्पूर्ण मानवअधिकारवादी, नागरिक समाज, पत्रकार, न्यायप्रेमी जनसमुदायलाई प्रतिरोध गर्न अपिल समेत गर्दछौं।’

वाणिज्य बैंकले लगाएको ताल्चा तोडेर आफ्नो पार्टीले ताल्चा लगाएको र पार्टी कार्यालय यथावत रहेको समेत विज्ञप्तिमा जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार