logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

३५ दिने अल्टिमेटम हावमा उड्नेछ : नेता ओम पुन


  • न्युज डेस्क
  • मंगलबार, चैत्र ५ २०७५

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पाेलिटब्युराे सदस्य तथा युुवा नेता ओम प्रकाश पुनले बिदेशिहरुकाे इसरामा आफ्नो पार्टी माथी प्रतिबन्ध लगाएकाेे बताएका छन्।

पार्टी ले आयोजना गरेकाे संगठन सुदृढ तथा बिस्तार अभियान २ का क्रममा पुर्वि नेपाल पुगेका नेता पुनले केपि ओली र प्रचण्ड काे बिवेकले प्रतिबन्ध सम्भव बताए। अभियान काे समिक्षा  तथा अभियानकर्मिकाे बिदाई कार्यक्रममा बाेल्दै उनले  अब पार्टीले अघि सारेको एकीकृत जनक्रान्ति जनतामा सर्वस्वीकार्य भैसकेकाले अब दृढताका साथ अघि बढ्न आह्वान गरे । उनले भने, ‘अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिवेश क्रान्तिअनुकूल छ । विश्वसाम्राज्यवादीहरू आपसी अन्तरविरोधमा फसेका छन् । विश्व तेस्रो विश्वयुद्धको परिवेशमा छ । देशभित्रका दलाल पुँजीवादीहरू पनि आपसी अन्तरविरोधमा फसेका छन् र सङ्कटग्रस्त हुदै गएका छन् । उनीहरूले आफ्नो असफलतालाई गृहयुद्धमार्फत विषयान्तर गर्न खोज्दैछन् । सीके राउतजस्ता विखण्डनकारीलाई स्वागत गर्ने र अँगालो हाल्ने तर देशमा वैज्ञानिक समाजवादी क्रान्तिका लागि सङ्घर्षरत हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउनेजस्ता हर्कत केपी र प्रचण्डको आफ्नो स्वविवेकमा भन्दा पनि इन्डो अमेरिकी साम्राज्यवादी शक्तिको निर्देशनमा भएको हो । अहिले सीके र प्रतिबन्धको काण्डले दलाल सरकार झन् सङ्कटमा परेको छ । प्रतिबन्धको नाटक पानीको फोका फुटेझैँ कथित ३५ दिने अल्टिमेटम पनि हावामा उड्नेछ ।’

पार्टीको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान ३ छिट्टै सुरु हुने भएकाले अब यसलाई निरन्तरता दिन पनि नेता पुनले कार्यकर्तालाई निर्देशन दिए । दलालहरूले लगाएको प्रतिबन्धको कडा जबाफ पार्टीले दिने र उनीहरूले घोषणा गरेको अन्यायपूर्ण युद्धको सामना दृढतापूर्वक गर्ने भएकाले सोही दिशामा अघि बढ्न पनि समीक्षामा सहभागी अभियानकर्मीलाई नेता पुनले निर्देशन दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार