logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवका कार्यकर्ता गिरफ्तार गर्न प्रहरीले गोली चलायो एक जना गिरफ्तार


  • राजनीति
  • मंगलबार, चैत्र ५ २०७५

काभ्रेमा गोली चलेको छ । प्रहरीले राज्यद्वारा प्रतिवन्धित विप्लव नेकपाका कार्यकर्ता पक्राउ गर्ने क्रममा जिल्लाको रोशी गाउँपालिकामा मंगलार साँझ गोली चलाएको हो ।

सो क्रममा एक जना विप्लवका कार्यकर्ता पक्राउ परेको भएपनि गोली कसैलाई लागे–नलागेको खुल्न बाँकी रहेको छ ।

विप्लवका कार्यकर्ता सो क्षेत्रमा रहेको भन्ने सूचनाका आधारमा पुगेको महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले गोली चलाएको बताइएको छ ।

सरकारी प्रतिबन्धपछि प्रहरीले देशभर विप्लव नेकपाले गतिविधिमाथि निगरानी बढाएको छ ।

आजैमात्रै विप्लव नेकपाले जनप्रतिनिधि, राजनीतिक दल र प्रहरीलाई काभ्रेबाट लखेट्ने धम्कीपूर्ण अभिव्यक्ति बाहिर ल्याएको थियो ।

रातोपाटी बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार