राजनीति
सत्तारूढ दल नेकपा का युवा नेता तथा स्वर्गीय पर्यटन मन्त्री रविन्द्र अधिकारीका सहपाठी याेगेश भट्टराई मन्त्री हुने हल्लाहरु चलेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीकाे राेजाइमा नपर्ने नेता भट्टराई पर्यटन मन्त्री हुने खवरहरु बाहिर आएका छन्।
प्रधानमन्त्री केपी ओलीले भट्टराईलाई मन्त्री बनाउने सहमत देखिएकाे स्रोत काे दावी छ। स्राेतका अनुसार ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन छ । प्रधानमन्त्री ओलीले योगेशलाई मन्त्रीका लागि तयार हुन भनिसकेकाे बताइएको छ। विराटनगरमा एउटा कार्यक्रममा भेट भएका ओलीले योगेशलाई मन्त्री बनाउने आश्वासन दिएका थिए । त्यसअघि पत्रकारसँग ओलीले मन्त्रिपरिषद पुनर्गठनको योजना नरहेको भन्दै रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने बताएका थिए ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट फर्केलगत्तै योगेशले मन्त्रीको सपथ लिने छन् । यसअघि उनले मन्त्री खान अस्वीकार गरेको दाबी गरेको भन्दै समाचार आएको थियो । तर, यसपटक भने योगेश मन्त्रीका लागि तयार रहेको उनीनिकट स्रोतले बताएकाे छ।