logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नरेन्द्र मोदी फेरी नेपाल भ्रमणमा आउदै


  • राजनीति
  • बुधबार, चैत्र ६ २०७५

छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः नेपालको भ्रमण गर्ने भएका छन् । नोभेम्बरको अन्तिम साता उनको भ्रमण हुने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

बिमस्टेक सम्मेलनमा सहभागि भएर भारत फर्केका उनले पुनः चौथो नेपाल भ्रमण गर्न लागेको बताइएको छ ।

नेपाल भ्रमणमा आउँदा प्रधानमन्त्री मोदीले यसपटक लुम्बिनीको भ्रमण गर्ने निश्चित भएको छ । पहिलोपटक भ्रमण गर्दा देखिनै लुम्बनी भ्रमण गर्ने तय भएपनि प्रधानमन्त्री मोदी विभिन्न कारणले त्यहाँ पुग्न सकिरहेका थिएनन् ।

यसपटक लुम्बिनी भ्रमणलाई विशेष प्राथमिकतामा राखेर प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउन लाग्नुभएको बताइएको छ ।

उनले बैशाखमा नेपाल भ्रमणमा आउँदा जसरी जनकपुर भ्रमणलाई विशेष प्राथमिकतामा राखेका थिए, त्यसरीनै यसपटक लुम्बनी भ्रमणलाई प्राथमिकतामा राखेको स्रोतले जनाएको छ ।

त्यसबाहेक अन्य उच्चस्तरीय भेटघाट हुने बताइएको छ । यद्यपि, अहिले भ्रमणको मिति र कार्यक्रम तय नभएको उक्त स्रोतको दावी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार