नेत्रविक्रम चन्द नेतृत्वको पक्राउ गर्न काभ्रे गएको टोलीमाथि आक्रमण भएपछि फायरिङ गर्नु परेको प्रहरीले दाबी गरेको छ ।
विशेष सुराकीका आधारमा अपरेशनका लागि रोशी गाउँपालिका पुगेको प्रहरीले टाेलीकाे नेतृत्वको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह रोठौरले काफल डाँडामा विप्लव का कार्यकर्तासँग जम्काभेट भइ नियन्त्रणमा लिन खोज्दा समूहले प्रहरीमाथि फायर गरी आक्रमण गरेको दाबी गरे ।
‘त्यसक्रममा प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड फायर गर्दा समूहका सदस्यहरु भागेका थिए । त्यसमध्ये शिव धिमाल र विशाल तामाङलाई पक्राउ गर्न सफल भएका छौं’, राठौरले भने ।
मंगलबार बिहान नुमबहादुर विक र डिकेन्द्र राई काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ परेका विक स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ का निकट सहयोगी समेत भएको प्रहरी दाबी छ ।
अन्य व्यक्ति काभ्रेमा लुकेको सूचना पाएपछि त्यसतर्फ महाशाखाको विशेष टोली खटिएको राठौरको भनाइ छ ।
काभ्रेबाट पक्राउ परेका दुई जनाको साथबाट विभिन्न कम्पनीको मोबाइल ६ वटा, चार्जर ४ वटा, पिलास, कालो लेदर ब्याग र ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ लेखिएको दस्तावेज लगायत बरामद भएको छ ।
तर नेकपा ले उक्त गाउँमा गाेली चलाएकाे कुरा झुट भएकाे बताएको छ । पक्राउ गर्ने बहानामा गाेली चलायर मान्छे मार्ने अभियान काे सुरुवात राज्यले गरेकाे नेकपाले बताउदै आएको छ । पक्राउ परेकाहरुबाट माेवाइल सेट र पुस्तक बाहेक अरु नभेटाएकाे प्रहरी कै भनाइ आधार मान्दा पनि याे झुट थियाे भन्ने पुष्टि हुनजान्छ।
यस्तो छ महाशाखा ले जारी गरेको विज्ञप्ति
,