राजनीति
पोखरा- नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाकाे संगठनात्मक संरचना सैन्य संरचनामा आधारित छ। जुन जनयुद्ध ताका थियाे ।त्यसलाई साममन्य परिमार्जन सहित उक्त पार्टी ले संगठनकाे ढाचाँ दिएको पाइन्छ । जनयुद्ध कै झल्को दिनेगरी संगठानिक संरचना देशभर छ ।
देश संघीयतामा गएपनि विप्लवले भने अञ्चलको संरचना अनुसार संगठन निर्माण गरेको हो ।
पार्टीकाे उच्च निकाय स्थायी समितिमा महासचिव विप्लव, खड्गबहादुर विक प्रकाण्ड, हेमन्त प्रकाश ओली सुदर्शन, धमेन्द्र बास्तोला कन्चन र सन्तोष बुढामगर विषम छन् । नेकपाले देशभरलाई ३ वटा कमाण्ड बाडेकाे छ। यसमा पूर्वी कमाण्ड, मध्य कमाण्ड र पश्चिम कमाण्ड छन् ।
पश्चिम कमाण्ड स्थायी सदस्य धर्मेन्द्र बास्ताेलाले हेर्छन माओवादी विद्रोहको समयदेखि नै विदेश विभाग प्रमुख भएर काम गरेका बास्तोला अहिले दुवै भूमिकामा छन् । भने मध्य कमाण्ड इन्चार्जमा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुर्दशन’ हुन् । उनी विप्लवका विश्वास पात्रको रुपमा लिइन्छन् । अध्ययन र अनुसन्धानमा रुची राख्ने ओली सामरिक महत्त्व काे क्षेत्र काे इन्चार्ज छन्
फाैजी संरचना
यो विभागको प्रमुखमा महासचिव विप्लव छन् । यसको संचालनमा जनरल स्टाफ छ । यसको सञ्चालन ९ जनाले गर्छन । यो विभागभित्र अर्को प्राविधिक विभाग पनि छ । यसले उसले बनाएको सेनाभित्रको प्राविधिक काम गर्छ ।
यस्तो छ ब्युराेकाे सांगठनिक ढाचाँ
महाकाली यो ब्युरोमा बैतडी, दार्चुला, डडेलधुरा र कञ्चनपुर छन् । यसको इन्चार्जमा रामप्रसाद तिमल्सिना राप्ती छन्।
सेती यो ब्युुरोमा बाजुरा, डोटी, अछाम र कैलाली र कन्चनपुर जिल्ला छन्। यो व्युरोको इन्चार्ज शंकर खड्का ‘सिकन्दर’ छन्।
भेरी यस ब्युरोमा बाँके, बर्दिया, जाजरकोट र दैलेख जिल्ला छन् । इन्चार्ज भने बलबहादुर ओली शितल छन् ।
कर्णाली यो ब्युरो अन्तर्गगत मुगु, जुम्ला, हुम्ला, कालिकोट र दैैैलेख छन् । इन्चार्जको खम्ब बुढा एटम
लुम्बिनी यो ब्युरोमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, नवलपुर र गुल्मी जिल्ला छन् । जसको इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’ छन।
धौलागिरी यो ब्युरोमा सल्यान, पर्वत, बाग्लुङ र म्याग्दी छन् । यसको इन्चार्जमा धुब्र घिमिरे विप्लव छन।
राप्ती यो ब्युरोमा रुकुम, रोल्पा, सुर्खेत, दाङ, प्युठान, पूर्वी रुकुम र सल्यान छन् । इन्चार्ज केस बहादुर बुढा हुन ।
नारायणी यो ब्युरोमा बारा, पर्सा, रौतहट, मकवानपुर र चितवन जिल्ला छन् । ब्युरोको इन्चार्ज चेतबहादुर पुन ‘चिरण’ हुन ।
पश्चिम ताम्सालिङ यो ब्युरोमा रसुवा, धादिङ र नुवाकोट जिल्ला छन् । ब्युरो इन्चार्ज मोहनलाल चन्द ‘आधार’ छन् ।
उपत्यका उपत्यका ब्युुुराेे तीन जिल्ला छन् । ब्युरोको इन्चार्ज माइला लामा प्रज्जवल छन्।
सगरमाथा यस ब्युरोमा ओलखढुङ्गा, खोटाङ, सोलुखुम्बु र उदयपुर जिल्ला छन् । इन्चार्जमा दिपेश राई छन् । राईपनि पूर्व तात्कालीन नेकपा माओबादी सेनाका कमाान्डर हुन ।
जनकपुर यो ब्युरोमा महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही र सिन्धुली जिल्ला छन् । यसको इन्चार्ज सन्देश पौडेल हुन् ।
पूर्वी ताम्सालिङ काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र दोलखा यो व्युरोमा छन् जसको इन्चार्ज नन्दबहादुर बुढामगर ‘विजय’ हुन ।
मेची यो ब्युरोमा इलाम, झापा, पाँचथर, संखुवासभा, ताप्लेजुङ र तेह्रथुम जिल्ला समेटिएको छ । ब्युरोको इन्चार्जमा सुमन लिम्बु छन् । लिम्बु तात्कालीन नेकपा माओवादी सेनाका कमान्डर हुन ।
काेशी कोशी ब्युरोमा सुनसरी, भोजपुर, मोरङ र धनकुटा छन् भने ब्युरोको इन्चार्ज पुष्कर श्रेष्ठ हुन् ।
अन्तर्राष्ट्रिय ब्युरो
नेकपाले बनाएको यो व्युरोको इन्चार्ज धर्मेन्द्र वास्तोला ‘कञ्चन’ हुन् ।